चिसाङ शेर्पा बैशाख/१८ खोटाङ,
खोटाङमा दुईजना श्रमिक सम्मानित भएका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिक्तेल बजारमा परिश्रम गर्ने श्रमिकलाई श्रमको सम्मान स्वरुप मंगलबार सम्मान गरिएको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि र पेशागत महासंघ नेपाल जिल्ला समितिको संयुक्त आयोजनामा समिक्षालय हलमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नर बहादुर गुरुङ र सोही नगरपालिका–१ दिक्तेलका राजन श्रेष्ठलाई जनही रु १ हजारका दरले सम्मान गरिएको हो ।
श्रमिक गुरुङलाई १ नं. प्रदेशका सभासद उषाकला राई र श्रेष्ठलाई पुर्वसभासद दुर्गाजयन्ती राईले सम्मान गर्नु भएको हो । गुरुङ २०४१ सालदेखी दिक्तेल बजारमा भारी बोक्ने काम गर्दै आएका छन् । दैनिक एकहजार रुपैयाँ कमाइ गर्ने गुरुङले हालसम्म १५ लाखबढी कमाई गरी ऋणमा लगानी गरेकोे बताए ।
संसारका मजदुर एकजुट होऔं, संमृद्ध पेशाका लागि संमृद्ध जिवनयापन, संमृद्ध नेपालका लागि महाअभियान भन्ने नारासहित दिक्तेलको रत्नपार्कबाट ¥याली निकाली समिक्षालय हल पुगेर भएको कार्यक्रमले आगामी वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट मजदुरलाई सम्मान गर्ने निर्णय गरेको पेशागत महासंघ नेपाल जिल्ला समितिका पुर्व संयोजक मिन कुमार दाहालले जानकारी दिए । कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि अध्यक्ष गुरुप्रसाद ढकालको सभापतित्वमा समापन भएको थियो ।
अमेरिकी सरकारले मजदुरहरुले भने बमोजिम एक सिफ्टमा ८ घण्टा भन्दा बढी काम लगाउन नपाउने प्रस्ताव अमेरिका सरकारले मानेन तब मजदुरहरुले हड्ताल गरे, यसै दौरान एक अज्ञात व्यक्तिले शिकागोको हेय मार्केटमा बम बिष्फोट गराइदिए, यसै अवस्थामा आन्दोलनमा रहेका मजदुरमाथि सुरक्षाकर्मीले गोली चलाए जसमा ७ मजदूरको ज्यान गयो । यस घटनाको वावजुत मजदुरहरुले आफ्नो हड्ताललाई निरन्तरता दिँदा केहि समय लगत्तै अमेरिकाले मजदुरहरुलाई एक शिफ्टमा काम गर्ने अधिकतम समय ८ घण्टा निश्चित गर्यो ।
तब त्यसबेलादेखि अन्तराष्ट्रीय मजदूर दिवस ‘१ मे’का दिन मनाउन थालियो । यसको सुरुवात १८८६ देखि शिकागोबाट सुरु भएको थियो । त्यसपछि यस दिवस संसारमै मनाउन थालियो । अहिले संसारका अधिकांश देशहरुमा ८ घण्टाको अनिवार्य नियम-कानुन छ र यदी बढी गरेमा त्यस अनुसार मजदुरलाई बढी पारिश्रमिक दिने नियम छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology