चिसाङ शेर्पा बैशाख/१८ खोटाङ,
दिक्तेलका पाण्डे भेराईटिजको जानकी जेनरल अर्डर एण्ड सप्लार्यस सञ्चालक माथि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिया मल मिसावट भएको भेटिएपछि सञ्चालक मकेश्वर पाण्डे विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार २ लाख धरौटीमा मुद्दा दर्ता भएको हो ।
गत चैत्र ३० गते ग्राहकले किनेको चिनीमा यूरिया मल भेटिएपछि सिलबन्दी गरिएको पसल खोलेर बैशाख ११ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला ल्याब परिक्षणमा चिनी पठाई सकेपछि सरकारी वकिल मार्फत प्रहरीले अभियोग पत्र तयार गरेर निज पाण्डे विरुद्ध गत बैशाख १३ गते प्रशासनमा मुद्दा दर्ता गरेको हो ।
प्रारम्भिक छानबिन सकेपछि जिल्ला प्रशासन, उधोग वाणिज्य संघले दिक्तेल सल्लेरी टोलका पाण्डे भेराईटिजको जानकी जेनरल अर्डर एण्ड सप्लार्यसका सञ्चालक मकेश्वर पाण्डेको पसलको पहिलो तल्ला चिनी बिक्री कक्षबाट ५ सय ग्रामको ३ बट्टा, गोदाममा प्याकिङ गरेको बोराबाट ५ सय ग्रामको १ बट्टा र ना ५ ख ७१३० नम्बरको ट्रकबाट ३ सय ग्रामको ३ बट्टा चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा पठाई सकेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology