• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चारदिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सकियो

चारदिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सकियो


चिसाङ शेर्पा
  • शनिबार, बैशाख १५ २०७५

  • चिसाङ शेर्पा बैशाख/१५ खोटाङ,
    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले ४ दिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धि पहिलो चरणको तालिम समापन गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाको ११ वडालाई लक्षित गरी दिन थालिएको पहिलो चरणको तालिम विहीवार बडहरेमा सम्पन्न भएको हो ।

     

    दुई चरणमा दिईने तालिम अन्तरगत रेडक्रसले पहिलो चरणमा १ नम्बर वडादेखी ६ वडाका २४ जना सहभागीलाई सोमबारदेखी तालिम दिएको थियो । रेडक्रसको आयोजना तथा हलेसी तुवाचुङ नगरपालिको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाको बाहुनीडाडाँ, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटारका १३ महिला र ११ जना पुरुषलाई तालिम दिइएको नेपाल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सहजकर्ता लोकमाया थापाले बताउनुभयो ।

     

    स्थानियस्तरमा देखापर्ने प्रकोप पहिचान, प्राथमिक उपचार, आकस्मिक दुर्घट्ना हुंदा अपनाउनुपर्ने तरिका, सामान्य घाउचोटमा औषधीको प्रयोग लगायतको बिषयमा तालिम दिएकोे थियो । वडाका चार/चारजनाको सहभागितामा हुने तालिमको दोश्रो चरण बैशाख २२ देखी २५ गतेसम्म अर्खौलेमा सञ्चालन हुनेछ । अन्तिममा महादेबस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी गरी २० जना स्थानियलाई तालिम दिईने रेडक्रसले जनाएको छ । तालिमको उद्घाटन नगरपालिकाकी उपमेयर बिमला राई र समापन मेयर ईबन राइले गर्नुभएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology