चिसाङ शेर्पा बैशाख/१० खोटाङ,
प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेको छ । प्रदेश नं. १ किरात भूगोल, ईतिहास र साँस्कृतिक पहिचान रहेकाले उक्त नामाकरण गर्नका लागि मुख्यमन्त्री राईलाई दिक्तेलस्थित समिक्षालय हलमा ज्ञापनपत्र बुझाएर अनुरोध गरिएको हो ।
शसस्त्र द्धन्द २०६२÷०६३ सालको जनआन्दोलनले लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी केही अधिकारहरु प्राप्त भएको स्मरण गर्दै हालसम्म पनि आदिवासी जनजाती मैत्री कानुन, नीति तथा कार्यान्वयन हुन नसकेकाले पटक–पटक आदिवासीका हक अधिकारका निम्ति आन्दोलित भईरहेको प्रष्ट पार्दै सोमबार मुख्यमन्त्री राईलाई ज्ञापनपत्र मार्फत अनुरोध गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रमका लागि दिक्तेल आउनु भएका मुख्यमन्त्री राईलाई प्रदेश तथा स्थानिय तहमा आदिवासी जनजातिमैत्री कानुन, नीति, योजना तथा कार्यक्रम निर्माण गरिनुपर्ने, किरात भूगोलभित्र विविधतायुक्त जातिय समुदाय, ईतिहास, सँस्कृति, प्राकृतिक अध्ययन अनुसन्धानका लागि किरात विश्व विद्धालय स्थापना, धनकुटा र भोजपुर १ नं. प्रदेशकोबीच भूगोलमा भएकाले उपर्युक्त स्थानमा प्रदेशको केन्द्र राखिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्तै, किरात साँस्कृतिक उद्गमस्थल तुवाचुङ जायजुम, मझुवागढी, बराहपोखरी, जन्तेढुंगा, छोङखा, साकेलाथान, मैयुडाडाँ संरक्षण सम्बर्धन गरी साँस्कृति पर्यटनको विकास गरिनुपर्ने ज्ञापनपत्रमा माग गरिएको अध्यक्ष राईले जानकारी दिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology