समायोजन खबर बैसाख/९खोटाङ,
नदीमा डुबेर खोटाङमा एक युवकको मृत्यु भएको छ । पिकनिक गएको समयमा पौडी खेल्नेक्रममा सुनकोसीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका १७ वर्षीय दयन्द्र राईको मृत्यु भएको हो ।शनिबार दुर्छिमको हैदेबगारबाट नदीले बेपत्ता बनाएको युवाको शव आईतबार दुर्छिमकै बतासेघाटमा फेला परेको प्रहरीले जनाएको छ ।
गर्मी भएपछि पौडी खेल्नका लागि भन्दै नदीमा गएका राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology