चिसाङ शेर्पा बैशाख/९ खोटाङ,
जिल्लाको नगरपालिका तथा गाउँपालिका स्तरीय अध्यक्ष तथा सचिव स्तरीय वैठकमा १४ वटा निर्णय पारित गर्दै नेपाल आदिवासि जनजाती महासंघ जिल्ला समन्वय परिषदको बैठक समापन भएको छ ।
नेपाल आदिवासि जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राईको अध्यक्षता जिल्ला समन्वय परिषदको कार्यालयमा बसेको बैठकले जिल्लाका नगर तथा गाउँपालिका स्तरीय आदिवासि जनजाती गूरुयोजना निर्माण, जनजातीको धार्मिक ऐतिहासिक, पहिचान जनाउने स्थानको दस्ताबेजिकरण, जनजातीहरुको सन्तानको न्वरान गर्दा आ–आफ्नो भाषा तथा पहिचान जनाउने नामाकरण गर्ने निर्णय गरेको छ ।
८ गाउँपालिका तथा २ नगरपालिकामा आदिवासी जनजाती महासंघको कार्यालय निर्माण गर्ने, नगर तथा वडास्तरमा टोलवस्तीको नामाकरण आदिवासी जनजातीको ऐतिहासिक तथा पहिचान जनित राख्ने, आदिवासी जनजातीहरुको संघ, संस्थामा शुसासन, पारदर्शिता, जवाफदेहितामा जोड दिने, हरेक नगर तथा गाउँपालिका स्तरीय आदिवासि जनजाती महासंघ तथा समन्वय परिषदले आफ्नो गतिविधि र प्रतिवेदन हरेक महिनाको २८ गते जिल्ला समन्वय परिषदमा बुझाउने, ६ महिनामा सवै तहमा अधिवेशन गरिसक्ने र प्रदेश नं.१ को नाम किरात प्रदेश नामाकरण गर्ने अभियानमा जोड दिने लगायतका निर्णय भएको हो ।
वैठकमा नेपाल आदिवासि जनजाती महासंघ जिल्ला समन्वय परिषद सचिव रविन खम्बु, सह सचिव एलबि मगर तथा ९ जना अध्यक्ष तथा सचिवहरुको उपस्थिती रहेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology