• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्रान्सफर्मर जडानपछि अस्पतालमा विधुतको समस्या हट्यो

ट्रान्सफर्मर जडानपछि अस्पतालमा विधुतको समस्या हट्यो


चिसाङ शेर्पा
  • आइतबार, बैशाख ९ २०७५

  • चिसाङ शेर्पा बैशाख/९ खोटाङ,
    जिल्ला अस्पताल खोटाङको हाताभित्र नयाँ विधुतीय ट्रान्सफर्मर जडान गरिएपछि विधुतको समस्या समाधान भएको छ । दुई हप्ता अघि अस्पतालले १०० केभिएको ट्रान्सफर्मर राखेपछि विधुतको समस्या समाधान भएको हो ।

     

    अस्पतालमा विधुत भए पनि कम भोल्टेज आउने र आएका भोल्टेजले विधुतीय उपकरण नचल्ने समस्याले बिरामीहरु प्रत्यक्ष मर्कामा पर्ने र अस्पतालका अधिकांस काममा बाधा पुगेकाले अस्पतालमा एकलौटी ट्रान्सफर्मर राखिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीले बताए । ट्रान्सफर्मर राखेपछि केन्द्रिय प्रसारणमा समस्या आएभन्दा अरुवेला विधुतको समस्या नभएको डाक्टर केसीले जनाए । विधुत गएको खण्डमा १० केभिए नयाँ जेनेरेटर र मर्मत गर्नुपर्ने अर्को पुरानो १० केभिए तथा खोप शाखामा ५ केभिए र अपरेशन थियटरमा ५ केभिए जेनेरेटर अस्पतालमा रहेको छ ।

     

    अस्पताल हाताभित्र विधुत बारम्बार फल्ट आउने समस्या समाधानका लागि तीन भागमा विधुत विभाजन गरिएको छ । क्वाटर साईडमा एक लाईन, अस्पताल, आकस्मिक कक्ष, अपरेशन कक्षमा एक लाईन र ओपिडि, ल्याब, एक्सेरे, रजिस्ट्रेसन, फार्मेसी, लेखा, प्रशासन र स्टोरमा एक लाईन वितरण गरिएको अस्पताल श्रोतले जनाएको छ ।

     

    यसअघि बजारवासीले प्रयोग गर्दैै आएको विधुतीय ट्रान्सर्फमरको भोल्टेज अस्पतालले चलाउँदा पटक–पटक विधुतको मर्का खेप्दै आएको थियो । अस्पतालमा एक्सेर मेशिन र ल्याब कक्षमा सबैभन्दा वढि विधुत खपत हुने गर्दछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology