चिसाङ शेर्पा बैशाख/८खोटाङ,
ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिया मल भेटिएपछि दिक्तेलका पाण्डे भेराइटिजका सञ्चालक मकेश्वर पाण्डेलाई तारिखमा राखेर कारवाही भईरहेको छ । गत चैत्र ३० गते ग्राहकले किनेको चिनीमा यूरिया मल भेटिएपछि पशल सिलबन्दी गरी सञ्चालक पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले तारिखमा राखेर कारवाही अगाडी बढाई रहेको हो ।
चिनीमा रसायनिक पदार्थ यूरिया मल मिसावट भए/नभएको अझै पूष्टि भएको छैन । अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । गत चैत्र ३० गते शुक्रबार पाण्डे भेराइटिजवाट चिनी किन्ने तीनजना ग्राहकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको सहकार्यमा शुक्रवार बयान लिने काम सकियो । उहाँले भन्नुभयो, “संम्भवतः आईतबारदेखी अन्य कानुनी कारवाहीमा जानेछौ ।”
प्रशासनकै अगाडी मानवीय स्वास्थ्यसँग प्रत्यक्ष असर पुग्ने मिसावट चिनी बिक्री गर्ने सञ्चालकको ना ५ ख ७१३० नम्बरको ट्रक सामुदायीक प्रहरी सेवा केन्द्रको नियन्त्रणमा छ । ड्राईभरलाई पनि तारिखमा राखेर कारवाही भईरहेको छ । पशल गत चैत्र ३० गते शुक्रवारदेखी नै सिलबन्दी छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology