समायोजन खबर बैशाख/७ खोटाङ,
जिल्ला अदालत खोटाङले १० वर्षीया बालिकालार्ई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई ६ वर्ष कैद फैसला घोषणा गरेको छ । विहीवार जिल्ला न्यायधिश किशोर घिमिरेको इजालसले ६ वर्ष कैद फैसला सुनाएको हो ।
पीडित बालिकालाई गत साउन १४ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा आरोपितलाई प्रहरीले साउन १४ गते नै पक्राउ गरी बलात्कार गरेको आरोपमा मुद्दा चलाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा गत साउन १५ गते भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology