• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धार्मिक महोत्सवबाट ४२ लाखवढी संकलन

धार्मिक महोत्सवबाट ४२ लाखवढी संकलन

धर्मशाला निर्माण गरिने


चिसाङ शेर्पा
  • बिहिबार, बैशाख ६ २०७५

  • चिसाङ शेर्पा बैशाख/६ खोटाङ,
    धार्मिक तथा पर्यटकीय महोत्सवमा साँढे ६० लाखवढी रकम संकलन भएको छ । गत चैत्र १५ गतेदेखी २३ गतेसम्म कालिका भगवती मझुवागढीमा लगाईएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा ६० लाख ६२ हजार ३९२ रुपैयाँ जम्मा भएका हो।

     

    विहीवार दिक्तेलस्थित सगरमाथा होटलमा पत्रकार सम्मेलनमा महोत्सवमा जम्मा रकम मध्येमा १७ लाख ८४ हजार ८५६ खर्च तथा ४२ लाख ७७ हजार ५३६ रुपैयाँ पैसा समितिकोे कोषमा रहेको कालिका मझुवा भगवती संरक्षण तथा विकास समिति अध्यक्ष पदम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

     

    संकलित रकम दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका मझुवा भगवती मन्दिर परिसर ब्यवस्थित, धर्मशाला निर्माण र हुर्लुङ वातलबाट खानेपानी लैजानमा खर्च गरिने समितिले जनाएको छ । त्रिधार्मिक स्थल हलेसी दर्शन गर्ने पर्यटक तथा भक्तालुहरु मझुवामा तान्नका लागि नगरपालिकाको गुरुयोजना अनुसार विभिन्न कामहरु क्रमश भईरहेको छ ।

     

    १ करोड ४४ लाखमा तत्कालिन शहरी विकास मन्त्रालयवाट स्वीकृत खानेपानी योजना अन्तरगत हुर्लुङ वातलबाट मुढे व्यारेकसम्म ६ किलोमिटर प्लाष्टिक पाईप बिच्छ्याई सकिएको र ब्यारेकवाट मझुवासम्म जिआई पाईपबाट पानी पु¥याउने काम ब्यग्र रुपमा भईरहेको छ । योजना सञ्चालनका लागि ३७ लाख रकम खर्च भईसकेको छ । योजनाको बाँकी रकमले अपुग भए महोत्सवमा जम्मा भएको रकम खानेपानी योजनामा लगाईने समितिले जनाएको छ ।

     

    पर्यटकीय स्थल मझुवागढीमा किरातीहरुको ऐतिहासिक गढी, बुधेश्वर महादेब गुफा, महादेवको बिश्रामस्थल तीनतले ढुंगा, अलौकिक शक्ति भएकी साक्षत मझुवा कालिका भगवती मन्दिर रहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology