• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनुप स्मृती गोल्डकप बैशाख अन्तिम सातामा

अनुप स्मृती गोल्डकप बैशाख अन्तिम सातामा

जिल्लाको हकमा सर्वाधिक धनराशी


चिसाङ शेर्पा
  • बुधबार, बैशाख ५ २०७५

  • चिसाङ शेर्पा बैशाख/५ खोटाङ,
    सर्वाधिक पुरस्कार धनराशी भएको अनुप स्मृती गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करण बैशाख अन्तिम साताबाट शुरु हुने भएको छ । ‘खोटाङमा व्यावसायिक फुटबलको विकास, पर्यटन र व्यापार प्रबद्र्धनमा हाम्रो प्रयास’ भन्ने मुल नाराका साथमा आगामी बैशाख २६ गतेदेखी ३१ गतेसम्म सदरमुकामस्थित माटिकोरे खेलमैदानमा दोश्रो संस्करण सञ्चालन हुने भएको हो ।

     

    माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गतवर्ष देखी सञ्चालित ‘अनुप स्मृती रनिङ कप’लाई परिमार्जित गरी अनुप स्मृती गोल्ड कपको आयोजना गर्न लागिएको बुधबार दिक्तेलस्थित उधोग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । जिल्लामा फुटबलको ईतिहासमा ठूलो धनराशी भएको प्रतियोगिता कूल लागत २५ लाख ४१ हजार ३९१ रुपैयाँ लागतमा सञ्चालन हुदैछ ।

     

    प्रतियोगिताका प्रथम टिम समुहले १ लाख ५१ हजार १११, दोश्रो टिम समुहले ७५ हजार ५५५ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमि फाइनालिस्ट दुई टिम समुहले २५/२५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता, मेन अफ द टुनामेन्ट, उत्कृष्ट टिम प्रशिक्षकले ५/५ हजार तथा अनुशासित टिमले ५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् ।

     

    विभिन्न संस्थाहरुबाट प्राप्त नगद/जिन्सि, व्यापारिक प्रतिष्ठानको विज्ञापन प्रायोजन, स्थानिय संघ, संस्था, कार्यलय, आयोजकको स्वलागनी तथा विभिन्न शुभचिन्तकको सहयोगबाट प्रतियोगिताका लागि आर्थिक तथा भैतिक बन्दोवस्त गरिने अनुप स्मृती गोल्ड कप मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो । जिल्लाको पर्यटन प्रवद्र्धन, व्यापार व्यावसायमा टेवा पुग्ने प्रतियोगिता सञ्चालनका लागि देश विदेशमा रहेका सबैलाई सहयोगको आव्हान समेत गरिएको संयोजक जोशीले बताए ।

     

    दोश्रो संस्करणमा जिल्लाभित्रका ९ तथा जिल्ला बाहिरका ५ राम्रा टिमलाई खेल प्रतियोगितामा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ । माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी अनुप स्मृती गोल्डकप प्रतियोगिता गर्न थालिएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology