• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अपाङ्ग घुम्ति शिबिरमा १४ जनालाई कृतिम साम्रगी

अपाङ्ग घुम्ति शिबिरमा १४ जनालाई कृतिम साम्रगी


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख ४ २०७५

  • चिसाङ शेर्पा बैशाख/४ खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अपाङ्ग घुम्ति शिबिरबाट स्थानिय ६० जनाको निःशुल्क शारीरिक समस्या चेकजाँच गरिएको छ । स्वास्थ्य चौकी हलेसीबजारमा सोमबार गम्भीर प्रकृती भएका २२ महिला तथा ३८ पुरुषको शारीरिक समस्या चेकजाँच गरिएको हो ।

     

    सिबिआर बिराटनगरका दशजना स्वास्थ्यकर्मी टोलीले ३५ जनाको फिजीओथेरापी, १४ जनालाई कृत्रिम सामग्री वितरण तथा अन्यलाई अस्पताल जान सल्लाह दिएको अपाङ्ग सेवासंघ खोटाङका निर्देशक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

     

    फुट अर्थोसिस नरम ३ वटा, पार्सेल फुट सेम्भ ४ जोर, गोलीगाँठो पैतालाको अर्थोसिस ५ वटा, हृवील चियर १ वटा, बिशेष जुत्ता ३ जोर, घुंडामुनी तलका कृत्रिम खुट्टा १ जोर, उभिने साधन १ जोर, बैशाखी १ वटा, ट्वाईलेट चियर १ वटा, कूहिनाभन्दा माथीको कृतिम हात १ वटा कृतिम सामग्री निशुल्क वितरण गरिएको अपाङ्ग सेवासंघ खोटाङले जनाएको छ ।

     

    ह्युमानिटी एण्ड ईन्क्लुजनको सहयोग, सिबिआर बिराटनगरको आयोजना तथा हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र अपाङ्ग सेवासंघ दिक्तेलको आयोजनामा सञ्चालित शिबिरमा शरीर अररो भएका, पैताला फर्केका, हातखुट्टा काटिएका, आगोले पोलेर हातखुट्टामा संकुचन भएका, हातखुट्टा कमजोर, छोटो वा सुकेको, हातखुट्टा बाङ्गो भएका, पेरालाईसिस भएका, कम्मर मुनि नचल्ने, ढाड कुप्रेको र हातखुट्टा नचल्ने ब्यक्तिहरु शिबिरबाट लाभान्वित हुने आयोजकले जनाएको छ ।

     

    आयोजकका अनुसार बुधवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल जिल्ला अस्पताल र खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्वास्थ्य चौकीमा शुक्रबार निःशुल्क अपाङ्ग घुम्ति शिबिर सञ्चालन हुदैंछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology