• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ र भोजपुरमा पटक पटक विद्युत अवरुद्ध

खोटाङ र भोजपुरमा पटक पटक विद्युत अवरुद्ध

ग्राहकलाई शास्ती


सरिता राई
  • मंगलबार, बैशाख ४ २०७५

  • सरिता राई वैशाख ४ भोजपुर,
    भोजपुरमा पटक–पटक विद्युत अवरुद्ध हुँदा यहाँका सर्वसाधारण मारमा परेका छन् । विद्युत अवरुद्ध हुदाँ जिल्लामा सञ्चालित सञ्चार माध्यम, वित्तिय संस्थाहरु सबैभन्दा बढी प्रभावित भएको हो ।

     

    लगातारको हावाहुरीका कारण पोलमा समस्या देखिएकाले मर्मतको काम भईरहेको विद्युत प्राधिकरण शाखा कार्यलय भोजपुरका कर्मचारी काजीमान तामाङ्गले जानकारी दिनुभयो । विद्युत अवरुद्ध हुँदा सरकारी तथा गैह्रसरकारी कार्यालयको कामकाज समेत प्रभावित भइरहेको छ । सर्वसाधारणले भने फोटोकपी, प्रिन्ट, मोबाइल चार्ज लगायतका कार्य महंगो मुल्यमा गर्न बाध्य भएका छन् । विद्युत पटक–पटक अवरुद्ध हुदाँ सर्वसाधारण आक्रोशित भएका छन् ।

     

    यता, खोटाङमा पनि वारम्वार विधुत अवरुद्ध हुंदा यसका ग्राहकहरु मर्कामा पर्ने गरेका छन् । सानोतिनो हावाहुरी चल्ने वितिक्कै विधुत अवरोध हुने समस्याले जिल्लामा रहेका छापा तथा विधुतीय सञ्चार माध्यम वढी प्रभावित हुने गरेको छ ।

     

    सरकारी, गैर सरकारी कार्यालयको कामकाजमा ढिलाई तथा महंगो शुल्कमा कामकाज गर्नु पर्ने समस्या छ । विधुत कार्यालयले भने, जंगलको वाटो हुंदै लामो रुटबाट विधुत ल्याईएकाले यस्तो समस्या हुने गरेको वताउदै आएका छन् ।

                                 माथी फोटो, खोटाङको बुईपामा रहेको विधुतको सव स्टेशन, फोटो चिसाङ शेर्पा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology