• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगलागीमा परेर खोटाङमा एक वालकको मृत्यू

आगलागीमा परेर खोटाङमा एक वालकको मृत्यू


समायेाजन खबर
  • मंगलबार, बैशाख ४ २०७५

  • सांकेतिक तस्विर

    समायेाजन खबर बैशाख/४ खोटाङ,
    घरमा लागेको आगोमा परेर खोटाङमा एक वालकको ज्यान गएको छ । सोमबार विहान घरमा लागेको आगोमा परेर दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नं–४ बतासेका शेरबहादुर राईको तीन वर्षिय छोरा हिटलर राईको ज्यान गएको हो ।

     

    आगोमा परेर गम्भिर घाईते भएका राईलाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा उदयपुरको पोखरी भन्ने ठाँउमा पुग्दा बाटैमा ज्यान गएको दिप्रुङ–चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभयो ।

     

    घरमा कोही नभएको वेला मृतक वालकले लाईटर चलाउँनेक्रममा अचानक आगो लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक चन्द्रभूषण यादवलले जानकारी दिए । आगलागीमा मतान, काठपात र केही भाडाकुडा जल्दा २ लाखको क्षति भएको प्रहरीले जनाएको छ । मतानको माथिल्लो तल्लामा मान्छे बस्ने गरेकाले आगलागीमा वालक परेको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology