• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा आदिवासी जनजाती समन्वय परिषद पुर्नगठन

हलेसीमा आदिवासी जनजाती समन्वय परिषद पुर्नगठन


चिसाङ शेर्पा
  • आइतबार, बैशाख २ २०७५

  • चिसाङ शेर्पा बैशाख/२ खोटाङ,
    नेपाल आदिवासी जनजाती महासंघ हलेसी तुवाचुङ नगरपालिका तर्दथ समन्वय परिषद पुर्नगठन गरिएको छ । नववर्षको उपलक्ष्यमा शनिवार यन कुमार तिलुङ राईको नेतृत्वमा ४ पदिय कार्य समिति गठन गरिएको हो ।

     

    कार्यसमिति गठन पश्चात पहिलो वैठकले नेवार, माझी, लिम्बु, गुरुङ र शेर्पा समुदायलाई प्रतिनिधित्व गर्नेगरी नयाँ समितिलाई आधिकारीक जिम्मेवारी दिईएको छ । नगरपालिकाभित्र राईहरुको भाषिक ९ वटामा प्रत्येक राई समुदायबाट पदेन सल्लाहकार मनोनयन गर्ने निर्णय समेत भएको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राईले बताए ।

     

    गठित कार्य समितिलाई नगरको तर्फवाट आवाश्यक सवै खाले सहयोग रहने मेयर इबन राई तथा उपमेयर बिमला राईले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर, उपमेयर, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष, सह सचिव एलबी मगर, सदस्य उदीम चाम्लिङ, नेपाली कांग्रेस जिल्ला सदस्य चक्र कुमार राई, उपप्राध्यापक तम्बर राई, जातिय समुदायको तर्फवाट जुद्ध पुलामी मगर लगायतको उपस्थिती रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology