समायोजन खबर चैत /२८खोटाङ,
खोटाङको पुर्वी जुरेथुम्का सामुदायीक बनमा लागेको डढेलो वर्षाले निभेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पुर्वी जुरेथुम्का सामुदायीक बनमा शनिबार बिहान सुरु भएको भिषण डढेलो मंगलबार साँझ परेको वर्षाले निभाएको हो ।
जिल्लाकै दोश्रो ठूलो मानिएको सामुदायीक बनको पुर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास विफल भएपछि क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको थियो । शनिबार दिनभर स्थानीयले निभाउने प्रयास गर्दा नसकेपछि छाडिएको डढेलो वर्षाले निभाएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology