• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुबाईमा खोटाङ्गेको बनभोज, गुन्जियो खोटाङ जिल्ला दिक्तेल बजार…

दुबाईमा खोटाङ्गेको बनभोज, गुन्जियो खोटाङ जिल्ला दिक्तेल बजार…


समायोजन खबर
  • सोमबार, चैत्र २६ २०७४

  • समायोजन खबर चैत /२६ खोटाङ,
    रोजगारीका सिलसिलामा यूएईमा रहेका खोटाङ्गे युवाले नयाँ वर्षको स्वागतमा बनभोजको आयोजना गरेका छन् । नयाँ वर्ष २०७५ को अवशरमा खोटाङ समाज यूएईले अबुधाबीस्थित कर्निच पार्कमा बनभोजको आयोजना गरेको हो । प्रवासमा रहेका नेपालीबीच शुभकामना आदान–प्रदान गर्दै थकान मेटाउनका लागि बनभोजको आयोजना गरिएको खोटाङ समाज यूएईका नारायण बस्नेतले जानकारी दिए ।

     

    बनभोजमा यूएईमा कार्यरत नेपालीको उल्लेख्य सहभागीता रहेको थियो । बनभोजका लागि कर्निच पार्कबाट टाढा पर्ने दुबई सार्जा ल्कोज रुवाइसबाट ठूलो संख्यामा खोटाङ्गे र गैर–खोटाङ्गेको उपस्थिति रहेको थियो । प्रवासमा काम गरिरहेकोबेला एक ठाउँमा भेला भएका उनीहरुले एक आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको खुसीयाली साटेका छन् ।

     

    बनभोजमा निम्त्याइएका दोहोरी गायक राजाराम बस्नेत, कृष्ण बस्नेत, नरनाथ भण्डारी, गायिका कोपिला राई, अमृता बान्तवा लगायतले ‘खोटाङ जिल्ला दिक्तेल बजार’ बोलको गीतमा दोहोरी गाएर युवायुवतीलाई छमछमी नचाइएका थिए । यूएईमा रहेका महिलालाई मनोरञ्जनका लागि बेलुन फुटाउने खेल खेलाइएको खोटाङ समाज यूएईले जनाएको छ ।
    हिमाल गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम समाजका संस्थापक कटक राई, हर्कमणि राई, हातेमालो समाज भोजपुरका अध्यक्ष ज्ञानेन्द्र राई, सुनुवार सेवा समाजकी उपाध्यक्ष मनकुमारी सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology