• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा अगलागीमा चार घर बिस्थापित

खोटाङमा अगलागीमा चार घर बिस्थापित


समायोजन खबर
  • सोमबार, चैत्र २६ २०७४

  • सांकेतिक तस्विर

    समायोजन खबर चैत /२६ खोटाङ,

    आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको छ । पदमराजको घरबाट सल्किएको आगोले आईतबार चार घर नष्ट भएको हो ।

     

    आगलागीमा पदमराजको २४ लाख ३० हजार, अकिलराजको २५ लाख ७९ हजार, अगमराजको २४ लाख ५१ हजार, गमराजको २२ लाख ९६ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । यस्तै, गोठ जल्दा गमराजको ३ वटा बंगुर, ११ वटा बाख्रा र ८ वटा पाठा, अकिलराजको १ वटा बाख्रा र ९ वटा पाठा, पदमराजको २ वटा बंगुर र ४ वटा बाख्रा तथा अगमराजको २ वटा बंगुर जलेर मरेको छ ।

     

    आगलागीबाट बिचल्नीमा परेका अग्नी पिडितलाई आईतबार राती पाल, चामल, नुनतेल, तरकारी, चिउरा, चाउचाउ लगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology