• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किरात राई साँस्कृतिक कलाकार संघको अध्यक्षमा शुभचन्द्र राई

किरात राई साँस्कृतिक कलाकार संघको अध्यक्षमा शुभचन्द्र राई

किरात राई विधार्थी संघ अध्यक्षमा दिपक राई


चिसाङ शेर्पा
  • सोमबार, चैत्र २६ २०७४

  • चिसाङ शेर्पा चैत्र/२६ खोटाङ,
    किरात राई साँस्कृतिक कलाकार संघको तेश्रो जिल्ला अधिवेशनले शुभचन्द्र राईको अध्यक्षमा ११ नयाँ कार्य समिति गठन गरेको छ ।

     

    शनिबार साँझ दिक्तेलस्थित समिक्षालय हलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धनिराम राई नछुङ, सचिवमा पवन राई, सह, सचिवमा जयन्ती राई र कोषाध्यक्षमा जुनु राईलाई सर्वसम्मत चयन गरेको छ । निरब राई, अम्बिर राई तथा अस्मिता राईसहित आगामी दिनमा विभिन्न गाउँपालिकाबाट तीनजना सदस्य परीपुर्ती गर्नेगरी नयाँ समिति चयन गरेको हो ।

     

    यस्तै, सोही दिन किरात राई विधार्थी संघको छैंठौ जिल्ला अधिवेशन पनि सकिएको छ । अधिवेशनले दिपक राईको अध्यक्षतामा ११ नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भूमिका राई, सचिवमा रोशन राई, सह, सचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा रमिला राईलाई चयन गरेको छ ।

     

    मनिष राई, पुर्णिमा राई र अस्मिता राईलाई सदस्यमा चयन गरेको हो । निकट समयमा विभिन्न गाउँपालिकाबाट तीनजना सदस्य पदपुर्ती गर्नेगरी हाललाई तीन सदस्य पद रिक्त रहेको छ ।

     

    ‘भाषा धर्म संस्कार संस्कृती संरक्षण हाम्रो अभियान, किरात प्रदेशको नामाकरणका लागि अधिवेशन’ भन्ने मुल उद्देश्यका साथ सम्पन्न अधिवेशनमा किराती संस्कृती अध्येता संस्कृतीकर्मी वयान सिं राई, किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रिय सदस्य जनक राई, किरात राई विधार्थी संघ संगठन विभाग अन्जिला राई, मुन्धुम अध्येता एबं लेखक भोगीराज चाम्लिङ, किरात राई प्रज्ञा परिषदका कुलपती तथा संस्कृति अध्येता जयकुमार राईको उपस्थिती रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology