• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा तीन दिन अपाङ्गता घुम्ति शिबिर हुने

खोटाङमा तीन दिन अपाङ्गता घुम्ति शिबिर हुने


चिसाङ शेर्पा
  • शुक्रबार, चैत्र २३ २०७४

  • चिसाङ शेर्पा चैत्र/२३ खोटाङ,
    खोटाङमा तीन दिने अपाङगता घुम्ति शिबिर सञ्चालन हुने भएको छ । आगामी बैशाख ३ गतेबाट जिल्लाको विभिन्न स्थानमा शारीरिक परीक्षण एवंम् सहायक सामग्री तथा कृत्रिम हातखुट्टा नापजाँच सम्बन्धि शिबिर हुने भएको हो ।

     

    ह्युमानिटी एण्ड ईनक्लुजनको सहयोग, सिबिआर बिराटनगरको आयोजना तथा हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र अपाङ सेवासंघ दिक्तेलको आयोजनामा हुने शिबिरमा शरीर अररो भएका, पैताला फर्केका, हातखुट्टा काटिएका, आगोले पोलेर हातखुट्टामा संकुचन भएका, हातखुट्टा कमजोर, छोटो वा सुकेको, हातखुट्टा बाङगो भएका, पेरालाईसिस भएका, कम्मर मुनि नचल्ने, ढाड कुप्रेको र हातखुट्टा नचल्ने ब्यक्तिहरु शिबिरबाट लाभान्वित हुने आयोजकले जनाएको छ ।

     

    आयोजकका अनुसार हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान स्वास्थ्य चौकीमा बैशाख ३ गते सोमबार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल जिल्ला अस्पतालमा बैशाख ५ गते बुधबार र खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्वास्थ्य चौकीमा बैशाख ७ गते शुक्रबार घुम्ति शिबिर सञ्चालन हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology