• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु


चिसाङ शेर्पा
  • बिहिबार, चैत्र २२ २०७४

  • फाईल तस्विर ।

    चिसाङ शेर्पा चैत्र/२२ खोटाङ,
    खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार अपरान्ह हावाहुरी र पानि सहित परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका स्थानिय सम्बर बहादुर दाहालको मृत्यु भएको हो । घरैमा रहेका ६२ वर्षिय दाहाललाई चट्याङ लागे वितिक्कै जिल्ला अस्पताल दिक्तेलमा उपचार गराउने क्रममा साँझ ५:१५ ज्यान गएको हो ।

     

    यस्तै, साकेला गाउँपालिका–२ रतन्छाका ५५ वर्षिय वालकुमारी खत्रीको चट्याङकै कारण ज्यान गएको छ । घरमै वसिरहेको वेलामा चट्याङ लाग्दा खत्रीको ज्यान गएको हो । खत्रीको श्रीमान प्रेम बहादुर खत्री सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए । घाईतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology