• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक कि गल्ली, कन्फ्युज

सडक कि गल्ली, कन्फ्युज

नगरपालिकाभित्रै गाईबस्तु हिड्न नसक्ने सडक


चिसाङ शेर्पा
  • शनिबार, चैत्र १७ २०७४

  • चिसाङ शेर्पा चैत्र/१७ खोटाङ,
    दिक्तेल अस्पतालचोक–खानीडाडाँ–आहाले रुटमा पर्ने रेडक्रस कार्यालय–जिल्ला अदालत हुदै भानुचोक निस्कने सडक अलपत्र बनेको छ । अस्पताल चोकदेखी नेपाल टेलिकम निस्कने सडक निर्माण भएको एघार बर्ष गुज्रदासमेत स्तरोन्नती तथा कालोपत्रेको काम नहुंदा अलपत्र बनेको हो ।

     

    २०६२/०६३ सालमा तत्कालिन जिल्ला बिकास समितिको २५ लाख लागतमा ट्रयाक खोलिएको सडकमा जिल्लामा कसैले गहिरीएर चासो नदिंदा ठूलाठूला खाल्डाखुल्डी बनेर मान्छे डुब्ने बनेको हो । अत्याधिक ओरालो सडकमा बर्षेनी पानी बग्दा सडक भिर बन्दै गएको छ । सडकको नमुना हराउन थालको छ ।

     

    अस्पतालचोक–रेडक्रस–खाल्ले आहालेसम्मको १० किलोमिटर ट्रयाक खोलिएको सडकमा सडकले धान्ने भारभन्दा ज्यादा भारमा ट्याक्टर गुडाउँदा सडक खोलाजस्तो बनेको छ । टायरले खोल्ने, बर्षातमा उचित पानी तथा नालीको ब्यवस्था नहुंदा हाल मोटरसाईकल समेत गुडाउन नसकिने अवस्था बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका पबन राईले बताए । जर्बजस्ती ट्याक्टर गुडाउँदा सडक भग्नावशेष बन्न लागेको छ । उहाँले भन्नुभयो, “तत्काल मर्मत नभए खहरे खोला बन्ने निश्चित छ ।”

     

    लफ्याङ, खाल्ले, हाँटडाडाँ, बाम्राङ, त्रिबेणीचोक,अम्बागाछी–त्रिबेणीचोक हुंदै एम्बुलेन्सको माध्यमद्धारा बिरामी जिल्ला अस्पताल लैजान, ल्याउन सहज तथा छोटोदुरीको सडक रेडक्रस ओरालोमा गाईबस्तु हिड्न नसक्ने भएको छ । ‘उल्लेखित स्थानका बिरामीलाई एम्बुलेन्स भएता पनि स्ट्रेचरमा बोकेर अस्पताल लानुपर्ने अवस्था रहेको छ ।

     

    भुकम्प पुनः निर्माण प्राधिकरणबाट डेढवर्ष अघि डिपिआर तयार भई १६ करोड रकम विनियोजन भईसकेको र टेण्डर आव्हान हुन बाँकी रहेकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो । थोरै पैसाले नहुने तथा सडक अप्ठ्यारो भएकाले हामीले सामान्य मर्मत ग¥र्यौ उहाँले भन्नुभयो “ठूलो योजना परेका हुनाले योजना कार्यान्वयन लागि पर्खिरहेका छौ ।”

     

    सडक अत्यन्तै अप्ठ्यारो भएको जिल्ला समन्यव समिति संयोजक बबि चाम्लिङले बताउनुभयो । मैले स्वयंम हेरेको छु उहाँले भन्नुभयो, “औपचारिक रुपमा अनुगमन गरेको छैन ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology