• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको नुनथलामा जिल्लाब्यापी साकेला सिली र लोक नृत्य प्रतियोगिता हुने

खोटाङको नुनथलामा जिल्लाब्यापी साकेला सिली र लोक नृत्य प्रतियोगिता हुने

पुरानो वर्षको बिदाई नयाँ वर्ष २०७५को स्वागत


चिसाङ शेर्पा
  • शनिबार, चैत्र १७ २०७४

  • चिसाङ शेर्पा चैत्र/१७ खोटाङ,
    नयाँ वर्षको अवसरमा नुनथलामा जिल्लाब्यापी साकेला सिली तथा लोक नृत्य प्रतियोगिता गरिने भएको छ । पुरानो वर्षको बिदाई नयाँ वर्ष २०७५ सालको स्वागत गर्दै रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ‘नुनथला युवा सेवा समाज नेपाल’ द्धारा खुल्ला साकेला सिली र खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता गर्न लागिएको हो ।

     

    आगामी बैशाख १ गते जालपा माविको प्राङगण नुनथलामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरीका शौखिन टिमले सहभागिता जनाउँन सक्नेछन् । खुल्ला साकेला सिलीका लागि संस्थाको आधिकारिक पत्र, समुहमा १० जना र वढिमा १५ मिनेट साकेला सिली नाँच प्रस्तुत गर्नुपर्ने आयोजक नुनथला युवा सेवा समाजले जनाएको छ ।

     

    साकेला सिलीका प्रथम टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वना टिमले नगद ५ हजारका साथमा प्रमाणपत्र पाउँनेछन् । खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताका पहिलो टिम समुहले ५ हजार, दितीयले ४ हजार, तृतियले ३ हजार र सान्त्वना समुहले रु २ हजार नगद पाउने समाजका सचिव जयन राईले जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology