समायोजन खबर चैत/१६ खोटाङ,
खोटाङमा निजी सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढी अबस्थित एनसेल टावरमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले आगजनी गरेका हुन् । दिक्तेल हलेसी सडकदेखी करीब १ किलोमिटरमाथी रहेको एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले गएराति करीब १० बजेको समयमा आगजनी गरेका हुन् ।
चउरमा रहेको एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥र्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा योजनाबद्ध तरिकाले आगजनी गरेको देखिन्छ, उहाँले भन्नुभयो, “घट्नामा संलग्न टावर आगजनी गर्ने समूहको खोजी भइरहेको छ ।”
राज्यलाई कर नतिर्ने एनसेल कम्पनीलाई कारवाही गर्ने पार्टीको कार्यक्रमअन्तर्गत नुनथलामा सञ्चालित एनसेल टावरमा आगजनी गरिएको विप्लव समूहले जनाएको छ । टावरमा आगजानी भएपछि अबरुद्ध एनसेल फोन शुक्रबार दिउसोदेखी सुचारु भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology