• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मापदण्ड विपरित ढुंगा गिटी निकाल्ने ठेकेदारको मेयरले खोसे चाँबी

मापदण्ड विपरित ढुंगा गिटी निकाल्ने ठेकेदारको मेयरले खोसे चाँबी


समायोजन खबर
  • बिहिबार, चैत्र १५ २०७४

  • समायोजन खबर चैत/१५ खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी निकाल्ने गर्ने ठेकेदार कम्पनीको चाँबी खोसेको छ । हलेसी–दिक्तेल सडकखण्ड अन्तरगत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीको दुईवटा जेसिभी र एकवटा एस्काभेटरको चाँबी खोसेको हो ।

     

    हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नवलपुर जाने सडक आसपासबाट मापदण्ड विपरित ढुंगा गिटी निकाल्ने गरेकाले बिहिबार ठेकेदारको मेसिनको उपकरण खोसिएको मेयर इवन राईले बताए । एस्काभेटर र जेसिभीको चाँबी प्रहरीचौकी अर्खौलेलाई बुझाइएको छ ।

     

    प्राकृतिक अवस्थिति तथा स्थानीय सामुदायीक बनलाई समेत अशर पुग्नेगरी गिटी ढुंगा निकाल्ने गरेको पाइएकाले रोक लगाइएको नगरपालिकाले जनाएको छ । यसअघि तीन पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै ढुंगा गिटी निकाली रहेकाले ठेकेदारको चाँबी खोस्नु परेको मेयर राईले बताए । ‘ठेकेदारको लापरबाहीको जवाफदेही हामीले बन्नुपर्छ । त्यही भएर सहकार्य र समन्वय नगरी एउटा गिटी पनि ननिकाल्नुस् भनेका थियौँ,’ मेयर राईले भने, ‘हामी त्याहाँ बसुञ्जेल ढुंगा झिक्न छोड्ने र हिँडेपछि पुःन निकाल्न जारी राख्ने गरेको पाइएकाले चाँबी नियन्त्रणमा लिनु परेको हो ।’

     

    नगरपालिकाको खानी तथा श्रोत परिचालन समितिले तयार पारेको मापदण्ड पूरा नगरी नगरभित्रका गिटी तथा ढुंगा निकाल्न नगर्न चेतावनी दिएको छ । नगरपालिकाले किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम क्षेत्रको ढुंगा नझिक्नका लागि समेत ठेकेदारलाई सचेत गराएको छ ।

     

    हलेसी–बिजुले खण्ड कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लुम्बिनी कन्काई सुर्य जेभीले सडक फराकिलो पार्ने नाममा तुवाचुङ–जायाजुमडाँडामुनिबाट प्राकृतिक श्रोतको दोहन गरेको भन्दै नगरपालिकाले तुवाचुङ जायाजुमलाई अशर नपुग्नेगरी सडक स्नरोन्नतीका काम गर्न भनेको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology