• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा नगरपालिकाको गाडी नेता कार्यकर्ता बोक्न प्रयोग

खोटाङमा नगरपालिकाको गाडी नेता कार्यकर्ता बोक्न प्रयोग


चिसाङ शेर्पा
  • बिहिबार, चैत्र १५ २०७४

  • चिसाङ शेर्पा चैत्र/१५ खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडीले पार्टीका कार्यकर्तादेखी गैससकर्मी बोक्ने गरेको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिरमा बिहीबारदेखी शुरु श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा जाने नेता तथा गैससकर्मीलाई बोकेको पाईएको हो ।

     

    बिहान ११ :४० बजे बा २ झ ३४६७ नम्बरको नगरपालिकाको गाडीले एमाले उपाध्यक्ष रामप्रसाद दंगाल, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको मालिका देबी माविका प्रधानाध्यापक मेघनाथ घिमिरे, बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष चन्द्रकला भुजेल, बालसेवा समाज नेपाल नेर्पाका सदस्य युवाराज रिजाल लगायतका ब्यक्तिलाई दिक्तेलबजारबाट बोकेर कालिका भगवती मन्दिरमा पु¥र्याएको हो ।

     

    सरकारी नम्बर प्लेटको गाडी बिदामा समेत अनुमती लिएर चलाउनुपर्ने सरकारले नीति ल्याए पनि दिनदहाडै नगरपालिकाको गाडीले जो कोहीलाई बोकेर हिड्दा नगरको गाडी आसेपासे ओसार्ने साधन बनेको छ ।

     

    आफ्नो नजिक तथा पार्टीगत मान्छेलाई सरकारी गाडीमै बोक्ने प्रबृत्तिले ‘ठुला भुडी हुनेलाई मात्रै बोक्ने सानालाई अपहेलना गर्ने नीति’ देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राम बहादुर बस्नेतले बताए ।

     

    आफूले बिराटनगरबाट आएका पाहुनाहरु ल्याउन भनेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने, “सार्वजनिक महत्वका कार्यक्रममा खाली गाडीमा अन्य मान्छे जाने कुरा स्वभाबिक हो ।”

     

    पर्यटन प्रवर्धनका लागि विहीबारदेखी आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सामाजिक अभियान्ता महेश रेग्मी बाहेक अन्य जिल्लाकै ब्यक्तिहरु हुन् । सप्ताह ज्ञान महायज्ञ चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology