चिसाङ शेर्पा चैत्र/१५ खोटाङ,
विष्णुकुमार श्रेष्ठ स्याण्डेको अध्यक्षतमा ७ सदस्यीय मूल सचिवालय समिति गठन गर्दै खोटाङ यातायात व्यवसायी संघको आठौं बार्षिक साधारणसभा सकिएको छ । संघले २५ जनाको समितिबाट सचिवालय समिति गठन गरेको हो ।
‘खोटाङको लगानी, खोटाङकै यात्रा, सुरक्षित प्रतिबद्धता’ भन्ने नारासहित जिल्ला समन्वय समितिको समिक्षालय हलमा बुधबार सकिएको साधारणसभाले टेकन्द्र राई, राम कुमार हिङमाङ, गोबिन्द बहादुर कट्वाल, किर्ती कट्वाल, यज्ञ बहादुर श्रेष्ठ र अर्जुन कुमार राईलाई सदस्यमा चयन गरेको छ ।
यस्तै, साधारणसभाले खोटाङ यातायात व्यवसायी संघको छाता संगठन ‘जिप उपसमिति’ पनि गठन गरेको छ । यज्ञ बहादुर श्रेष्ठको अध्यक्षतामा ७ सदस्य समिति गठन भएको हो । समितिको सचिवमा मिलनचन्द्र राई, कोषाध्यक्ष जयप्रसाद राई रहेका छन् । किरण जित राई, युवाराज कट्वाल, कोपिला खत्री, प्रकाश अधिकारी सदस्यमा रहेका छन् ।
२०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट झुण्डाएर ल्याईएको दुई मिनीट्रकबाट शुरु भएको यातायात दश बर्षमा आईपुग्दा हाल जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामै गाडी गुडिरहेको छ । जिल्लामा अहिले तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ ।
ओखलढुंगा र खोटाङको सिमानामा पर्ने प्रमुख नाका जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि जिप तथा गाडीगरी दैनिक १७ गाडी दिक्तेलबाट छुट्ने गरेको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताए । हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर सिधा यातायात सञ्चालनमा रहेको छ । केही दिनमै दिक्तेल–सोलुखुम्बु, ओखलढुंगा र काकड्भिट्टासम्म सिधा यातायात सञ्चालन हुने हिङमाङले जानकारी दिए ।
विकासको मुख्य मेरुदण्ड यातायात रहेको औल्याउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष जीत बहादुर भारतीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा यातायातलाई अझै मर्यादित, व्यवस्थित बनाउने ब्यवसायीले आश्वसन दिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले ‘यातायात सुधारमा निक्कै प्रयत्न भईरहेको बताएका छन् । यातायातमा सभ्यता हुन जरुरी छ । उहाँले भन्नुभयो,“व्यवसायीले संस्थागत निरन्तरता दिंदै नगरको नियम पालना गरे नगर र यातायातमा ठूलो सुधार आउनेछ ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology