• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटेहाङ गाउँपालिकामा चार दिने पत्रकारिता तालिम शुरु

खोटेहाङ गाउँपालिकामा चार दिने पत्रकारिता तालिम शुरु


समायोजन खबर
  • बुधबार, चैत्र १४ २०७४

  • समायोजन खबर  चैत /१४ खोटाङ,
    खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा हलेसी न्यूज नेटवर्कको आयोजनामा चार दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । खोटाङको खोटेहाङ गाउँपालिकामा बुधबारबाट तालिम सुरु भएको हो ।

    स्थानीय सरकारको हरेक गतिविधि तथा प्रत्येक बिकास निर्माणका कामलाई पारदर्शीरुपमा सञ्चालन गर्दै गाउँपालिकाको संबृद्धिका लागि आधारभुत पत्रकारिता तालिमको आयोजना गरिएको गाउँपालिका प्रमुख प्रदीप राईले बताए । गाउँपालिकाका ९ वटै वडामा पत्रकार उत्पादन गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो ।

     

    गाउँपालिकाका विभिन्न सञ्चार माध्यम सञ्चालन गर्ने जनशक्ती तयार पार्नका लागि समेत तालिम लक्ष्यीत छ । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको तालिममा गाउँपालिकाका २६ जनाको सहभागीता रहेको आयोजक हलेसी न्यूज नेटवर्कका अध्यक्ष हरिबोल आचार्यले बताए । तालिम गाउँपालिका प्रमुख राईले सोही तालिम सम्बन्धी समाचार बाचन गरेर उद्घाटन गरेका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology