चिसाङ शेर्पा चैत्र/१३ खोटाङ,
गायक तथा मोडल रमेश बानियाँको ‘बाध्यता २’ को पहिलो गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिन पानेले’ बोलको गीत तथा म्युजिक भिडियो एकसाथ युट्युबबाट सोमबार सार्वजनिक गरिएको हो ।
तिन पानेलेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पाथेका १० का स्थानीय बानियाँको स्वर, डिआर अटुको रचना र बिनोद खम्बुको संगीत रहेको छ । फास्ट तथा डिजे क्लब गीतमा दिपक बानियाँ र चन्दा दाहालको रोमान्स देख्न सकिन्छ ।
बासु वरालले खिचेको म्युजिक भिडियोलाई मनिष श्रेष्ठले निर्देशन गरेका हुन् । बानियाँको ‘बाध्यता १’ मा आज तिम्रो कुरा सुने, वाध्यतामा फशेको छ, छेउमा आई वसिदेउ, तिमि मेरी हौ, छड्के हेराईले, मुटु जलेकोजस्ता गित समावेश रहेको छ ।
मोलिङमा समेत माहिर बानियाँले आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउन, तिमि मेरी हौ, बदनाम नगर तिमि मलाई र हजारौको भिडमा जस्ता गितमा मोडलिङ गरिसकेका छन् ।
भिडियो हेर्नुहोस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology