समायोजन खबर चैत ११, खोटाङ,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङको अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित हुनुभएको छ ।
समितिका सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहनुभएको छ । महासंघ केन्द्रीय सभासद्मा केदार मगर, सङ्गीता राई र डिएम चाम्लिङ तथा पर्यवेक्षकमा डम्बरसिं राई र भीम राईलाई चयन गरिएको जनाइएको छ । यस्तै प्रदेश सभासद्मा सूर्य तामाङ, चिसाङ शेर्पा, सुनीता मगर र गोमा राई तथा पर्यवेक्षकमा लालबहादुर मगर रहनुभएको छ । महासंघको केन्द्रीय महाधिवेशन यही चैत २३ र २४ गते काठमाडौंँमा हुँदैछ ।

२०६२ सालमा काठमाण्डौंदेखि पत्रकारिता शुरु गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका रामधन राई राजधानीका बिभिन्न एफएम रेडियो हुँदै ब्यवसायिक पत्रकारितालाई निरन्तरता दिई रहेका छन् ।
पत्रकार राई काठमाण्डौं रहँदा नै २०६४ सालदेखि खोटाङको पहिलो सामुदायिक रेडियो रुपाकोट रेडियोमा सक्रिय हुँदै ०६७ सालमा जिल्लामै फर्किएर रेडियोको कार्यक्रम प्रमुखको भूमिकामा रही कार्यक्रमसँगै समाचार सम्पादकको समेत जिम्मेवारी सम्हालेका थिए ।
स्थानीय रुपाकोट खबरपत्रिकाको सम्पादक, हाम्रो खोटाङ डटकमको सम्पादक,नेपाल टेलिभिजन र नेपाल समाचारपत्र दैनिकमा ७ बर्षदेखि जिल्ला प्रतिनिधि रहेका उनले बीबीसी मिडिया एक्सन लगायतमा कार्यानुभब तथा ३५ बढी पत्रकारिता तालिम लिएका छन् ।
खाशगरी रेडियो कार्यक्रम उत्पादन तथा रेडियो पत्रकारितामा बढी दख्खल भएका राई पत्रकार महासंघ जिल्ला शाखाको उपाध्यक्ष, किरात राई पत्रकार संघ खोटाङको अध्यक्ष हुँदै बिभिन्न स्थानीय पत्रपत्रिकाको सम्पादनमा आबद्ध रहेका छन् ।
पत्रकारितासँगै कला, साहित्य र संस्कृतिमा समेत अब्बल उनले २०६२ सालमा गजलसंग्रह बेदनाका गजलहरु प्रकाशन गरेका थिए । हाल उनी जिल्लामा सफल रेडियो कार्यक्रम प्रस्तोताबाट परिचित छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology