• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटेहाङ गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति

खोटेहाङ गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति


चिसाङ शेर्पा
  • शुक्रबार, चैत्र ९ २०७४

  • चिसाङ शेर्पा चैत्र/९ खोटाङ,
    खोटाङको खोटेहाङ गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समिति खोटाङको पहलमा अनिल राईको अध्यक्षतामा १० सदस्यीय आदिबासी जनजाती महासंघ खोटेहाङ गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो ।

     

    समन्वय परिषदको उपाध्यक्षमा निरकुमार राना मगर, सचिवमा कुमार उदास, सह–सचिवमा बिकल चौधरी र कोषाध्यक्षमा अमिता भुजेल चयन भएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनजातीय संगठनका प्रतिनिधिलाई समेटेर तदर्थ समिति गठन गरिएको हो ।

     

    नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राईको उपस्थितिमा सोमबार आदिबासी जनजाती महासंघ खोटेहाङ गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । समिति गठन पश्चात महासंघका अध्यक्ष राईले तदर्थ समितिका अध्यक्ष अनिललाई बैठक पुस्तिका र बिधान हस्तान्तरण गरेका थिए ।
    यसअघि, महासंघले केपीलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा समिति गठन गरिसकेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology