• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विप्लव–वैद्य एकताका लागि नजिकिँदै

विप्लव–वैद्य एकताका लागि नजिकिँदै


समायोजन खबर
  • मंगलबार, चैत्र ६ २०७४

  • काठमाडौं, ६ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन् ।

    एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि नजिकिन थालेका हुन् ।
    तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्यबाट अलग्गिएर चन्दले नेकपा माओवादी गठन गरेका थिए ।

    वैद्य यथास्थितिवादी र जडसूत्रवादी आरोप लगाउँदै राष्ट्रिय नाचघरबाट चन्दले नयाँ पार्टी घोषणा गरेका थिए । बहकाउमा लागेर क्रान्ति नहुने भन्दै वैद्यले विप्लवले केटाकेटीपन देखाएको बताएका थिए ।

    वैद्य र चन्दबीच मात्र नभई एक वर्ष कार्यतकर्ता तहसम्म आरोप प्रत्यारोप चल्यो । तर पछिल्लो एक वर्षदेखि भने वैद्य–विप्लव एकताका लागि मिलनविन्दु खोज्न थालेका छन् ।

    दुवै पार्टीले कार्यगत एकता र पार्टीका विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्दै आएका छन् । क्रान्तिकारी शक्तिहरूसँग कार्यगत एकतासँगै ध्रुवीकरण गर्दै जाने नेताहरूले बताउने गरेका छन् । माओवादी केन्द्रले एमालेसँग एकता गर्ने भएपछि वैद्यविप्लवले ऊसँगको सम्बन्द विच्छेद गरिसकेका छन् ।

    एमाले र माओवादी केन्द्र विचार कार्यदिशा र सांगठनिक सबै दृष्टिकोणले कम्युनिष्ट नभएको दुवैको निष्कर्ष छ । दुईबीच पार्टी एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology