चिसाङ शेर्पा चैत्र/५ खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समिति खोटाङको पहलमा रामकुमार राईको अध्यक्षतामा ७ सदस्यीय आदिबासी जनजाती महासंघ दिप्रुङ चुईचुम्मा गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो ।
समन्वय परिषदको सचिवमा डिल्ली कुमार श्रेष्ठ, सह–सचिवमा कुमार भुजेल र कोषाध्यक्षमा प्रबिन्द्र तामाङ चयन भएका छन् । मगर समुदायबाट निकट भविष्यमा उपाध्यक्ष तथा शेर्पा र माझी समुदायबाट रिक्त सदस्यको पदपुर्ती गर्नेगरी गाउँपालिकाभित्रका विभिन्न जनजातीय संगठनका प्रतिनिधिलाई समेटेर तदर्थ समिति गठन गरिएको हो ।
नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राईको उपस्थितिमा आईतबार आदिबासी जनजाती महासंघ दिप्रुङ चुईचुम्मा गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । समिति गठन पश्चात महासंघका अध्यक्ष राईले तदर्थ समितिका अध्यक्ष रामकुमारलाई बैठक पुस्तिका र बिधान हस्तान्तरण गरेका थिए ।
यसअघि, महासंघले केपीलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र रावाबेंशी गाउँपालिकामा समिति गठन गरिसकेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology