चिसाङ शेर्पा चैत्र/४ खोटाङ,
केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राईले ‘खोटाङ आईडल’को उपाधी हात पारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको प्राङगणमा शनिबार भएको जिल्ला ब्यापी खुल्ला एकल गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्र्रफमेन्स शो गर्दै तेज खोटाङ आईडल भएका हुन् ।
खोटाङ आईडल भएसँगै तेजले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । ६ महिना संगीत कोर्ष, एक गीत रेर्कडीङ गर्ने मौका पाएका छन् ।

खोटाङ आईडल तेज राई
दिपु्रङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ फस्ट रनरअप, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राई दोश्रो रनरअप, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई तेश्रो रनरअप, भएका छन् ।
खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई खोटाङ आईडलमा सान्त्वना भएकी छन् । आईडलको पहिलोे रनरअपले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष, दोश्रो रनरअपले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ तथा तेश्रो रनरअपले नगद २४ सय ७४ हजार र सान्त्वनाले पाँच हजार नगद पाएका कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।
‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले गत मंसिर २३ बाट शुरु गरेको आईडलको ग्राण्ड फिनाले गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक तथा सुंगीतकार भीमसेना राई, गायक आशिष ताम्राकारले जजमेन गरेका थिए । आयोजक १०, भोट ४० र निर्णायक मत ५० राखेर ग्राण्ड फिनालेको नतिजा घोषणा गरिएको थियो ।

‘नामजस्तै काम पनि तेज देखाउने’ अग्लो कद तथा पातलो शाररिक बनावट भएका निडर ब्यक्ति हुन तेज राई । २०५८ सालमा तत्कालिन गाउँ बिकास समिति सप्तेश्वरमा बुबा लोहाविर राई आमा धनकुमारी राईको कोखबाट जन्मिएका १६ बर्षिय एकमात्र छोरा तेज माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका होनाहार विधार्थी हुन् ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेमा आमाबुबासँग बसोबास गरीरहेका उनी बोर्डिङका हरेक क्रियाकलापदेखी पढाई समेत अब्बल विधार्थी हुन् । माउण्ट एभरेष्ट बोर्डिङमा कक्षा ५ बाटै छात्राबृत्तिमा अध्ययन गरिरहेका तेज हाल कक्षा ९ मा अध्ययनरत छन् । बोर्डिङमा अनुशासनका ‘पालक’ उपनामले परिचित तेज जिबनभर संगीतको पुजारी हुने बताउँछन् ।

नेपालको चर्चित सांगितीक रियालिटी शो ‘नेपाल आईडल’का टपआठ उल्सन श्रेष्ठले खोटाङबासीलाई नेपाल आईडलमा टपआठ बनाउन सहयोग गरे बापत धन्यवाद दिएका छन् । नेपाल आईडलबाट ‘रकस्टार’ नाम कमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका उल्सनले खोटाङ आईडलको ग्राण्ड फिनालेमा सम्पुर्ण जिल्लाबासीलाई धन्यबाद दिदै स्टेज तताएका थिए ।

घाँटीको समस्या भएको भन्दै स्टेज चढेका उल्सनले निष्ठूरीले मोरीले, मस्कि, मस्कि हिडेर जानेले, गँुरासै फूल्यो बनैमाजस्ता गीत गाएर दर्शकलाई झुमाएका थिए । दर्शक तथा श्रोताको ‘वान्समोर’ पाएका उल्सनले आफ्नो घाँटीको समस्या देखाउदै तीनवटा गीतले मनोरञ्जन दिएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका युवा गायक रेवत राईले चारवटा गीतबाट आईडलको ग्राण्ड फिनाले हेर्न आएका दर्शक र श्रोतालाई नचाएका थिए । पग्लिन्छ हिमाल भन्ने गीतबाट गाउन थालेका उनले, म त सोह्र बर्षे ठिटो, कोसँग छ र टाईम, तिम्रो आँखाको गाँजलजस्ता गीत गाएका थिए । सांगितिक कार्यक्रमकै अवसरमा खोटाङ आईडल ग्राण्ड फिनालेका निर्णायक गायक तथा संगीतकार कन्काईष्ट राई, सरला राई र आशिष ताम्राकारले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology