• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा प्रदेशको नाम किरात राख्न माग गर्दै हस्ताक्षर संकलन

खोटाङमा प्रदेशको नाम किरात राख्न माग गर्दै हस्ताक्षर संकलन


समायोजन खबर
  • शनिबार, चैत्र ३ २०७४

  • समायोजन खबर चैत्र ४ खोटाङ,
    प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गर्दै खोटाङमा हस्ताक्षर संकलन अभियान थालिएको छ । प्रदेश नम्बर १ को विभिन्न नाम प्रस्ताव भइरहेकाबेला किरात राई यायोक्खा, किरात राई बिद्यार्थी संघ, किरात राई कलाकार संघ र किरात सेवा समाजले प्रदेश नम्बर १ को नाम किरात राख्नुपर्ने पक्षमा हस्ताक्षर अभियान थालेको हो ।

     

    प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा किरात राई यायोक्खा केन्द्रीय समितिले फागुन २५ गतेदेखि सुरु गरेको हस्ताक्षर संकलन अभियानकाक्रममा खोटाङमा पनि हस्ताक्षर अभियान थालिएको यायोक्खाले जनाएको छ । शुक्रबार नुनथलादेखि थालिएको हस्ताक्षर संकलन अभियानकाक्रममा शनिबार सदरमुकाम दिक्तेलमा हस्ताक्षर संकलन गरिएको छ । ऐतिहासिक पहिचान, किराती सभ्याता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्न उपयुक्त हुने भएकाले जनसमर्थन जुटाउन हस्ताक्षर संकलन थालिएको किरात राई यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले बताईन् ।

     

    प्रदेशको नाम किरात राख्नुपर्ने पक्षमा दवाव सिर्जनाका लागि खोटाङको साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहमा समेत हस्ताक्षर अभियान चलाइने यायोक्खाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology