• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सबै वडामा बर्थिङ सेन्टर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सबै वडामा बर्थिङ सेन्टर


समायोजन खबर
  • शनिबार, चैत्र ३ २०७४

  • समायोजन खबर चैत्र/३ खोटाङ,
    नगरपालिकाको ११ वडामध्ये बिहिबार हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बर्थिङ सेन्टर स्थापना गरिएसँगै हलेसी तुवाचुङ नगरपालिकामा एक वडा एक बर्थिङ सेन्टर कायम भएको छ ।

     

    गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल अथवा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि थालिएको अभियानकाक्रममा नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएको स्वास्थ्य संयोजक रामकुमार भगतले बताउनुभयो ।

     

    खोटाङ र प्रदेश नम्बर १ मै हलेसी तुवाचुङ नगरपालिका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ । स्वास्थ्यचौकीमा सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्था गरेर हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको मेयर ईवन राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology