चिसाङ शेर्पा चैत्र/०२ खोटाङ,
दिक्तेल हलेसी सडक आयोजनाको काममा सुस्तता देखिएको छ । निर्माण शुरु भएको पौने चार बर्षमा ३५.४३१ किलोमिटर सडकमा झिनो काम भएको हो । एसियाली बिकास बैंक एडिबिसँग ५२ करोडमा सम्झौतागरी दुईबर्षमा सकिने डिबिएसडि पिचको काममा तीन ठेकेदार कम्पनीले पटक–पटक म्याद गुजार्दै कामगर्दा सुस्त देखिएको हो ।
तीन प्याकेजमा विभाजनगरी ठेकेदार कम्पनीले १४ जुन २०१४ देखी काम शुरुवात गरी १२ जुन २०१६ मा सक्नुपर्ने दिक्तेल–हलेसी सडकको काममा हालसम्म लुम्बिनी कन्काई सूर्यजेभीले पहिलो प्याकेज हलेसी–बिजुले १२ किलोमिटरमा ७७ प्रतिशत, लामा–नार्गाजुन जेभीले दोश्रो प्याकेज बिजुले–नुनथला १२ किलोमिटरमा साडे ५६ प्रतिशत र लामा–नार्गाजुन त्रिशुली जेभीले तेश्रो प्याकेज हुर्लुङ–दिक्तेल ११.४३१ किलोमिटरमा ५९ प्रतिशत काम सकेको हो ।
लुम्बिनी कन्काई सूर्यजेभीले गरिरहेको हलेसी–बिजुले सडकखण्ड पहिलो प्याकेजमा दुईबर्ष म्याद सकिन महिनादिन (७ अप्रिल २०१८) बाँकी रहंदा अन्तिम चरणको बेस, सवबेस, नाली, एकथान होपपाईप राख्न र कालोपत्रे गर्न बाँकी छ । लामा–नार्गाजुनले गरीरहेको बिजुले–नुनथला र लामा–नार्गाजुन त्रिशुली जेभीले गरीरहेको हुर्लुङ–दिक्तेल सडकखण्डको लागि दोश्रो म्याद थपका लागि सिफारिस गरिसकिएको परामर्शदाता कम्पनी एमएसभी ईन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट ईन्जिनियर सुर्यप्रसाद ढकालले बताए ।
बिजुले–नुनथला १२ किलोमिटर दोश्रो प्याकेजमा सववेस ४ किलोमिटर, मेसेनरी स्टोनवाल ९ किलोमिटर, वेस ३.६ किलोमिटर बिच्छाईएको छ । हुर्लुङ–दिक्तेल तेश्रो प्याकेज ११.४३१ किलोमिटरमा ४ किलोमिटर सववेस, ३.८ किलोमिटर वेस बिच्छाईएको र ८.७ किलोमिटर मेसेनरी स्टोनवाल लगाईएको रेजिडेन्ट ईन्जिनियर ढकालले जानकारी दिए ।
बिजुले–नुनथला दुई नम्बर प्याकेजमा नालीको लागि कंक्रिट शुरु भएको छ भने कटिङ, वेस, सववेस, कालोपत्रे बाँकी छ । हुर्लुङ–दिक्तेल तीन नम्बर प्याकेजमा वेस, सववेस, नालीको कंक्रिट र कालोपत्रे गर्न बाँकी रहेको दुई र तीन नम्बर प्याकेजका प्रतिनिधि राजाराम आचार्यले बताए ।
जिल्लाका राजनीतिक दल, प्रशासनले कामका सुस्तता देखिएको भन्दै रखवार गरेपनि ठेकेदार कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प, स्थानिय बन्द हड्ताल, बिजुलीको तारपोल, खानेपानी पाईप, घर जग्गा मुआब्जा, बर्षात, स्थानिय तथा प्रतिनिधि÷प्रदेशसभा चुनाव, सामुदायिक वन र आवाश्यक कच्चा पदार्थको अभाव भएको भनि ढिलापन देखाएको हो ।
कमसल फोस्के ढुंगा र ल्याब टेष्टमा फेल भएको गिटीलाई हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित बिजुलेमा कुटेको गिटीसँग मिसाएर गुणस्तर कायम गरेर पिचको काम गर्नमा ठेकेदार लागि परेको रेजिडेन्ट ईन्जिनियर ढकालको भनाई छ । उहाँले भन्नुभयो, “कालोपत्रे उप्केकोमा अहिले आतिनु पर्ने अवस्था छैन । हामी यसैको निगरानी गरीरहेका छौ ।”
‘ठेकेदारले काम सम्पन्नगरी जिम्मा लगाएको एकबर्ष सम्म टुटेफुटे उहाँहरुको जिम्मा हुन्छ । अहिले उहाँहरु बनाउदै हुन्छ टुटफुट त हुन्छ ।’ त्यो बन्छ नबने हामी भुक्तानी रोक्छौ । उहाँको भनाई थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology