समायोजन खबर चैत्र/ १ खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बसपार्कभन्दा बाहिर सवारी साधन पार्किङ गरे स्पटमै कार्बाही गर्ने चेतावनी दिएको छ । बसपार्क हुँदाहुँदै दिक्तेलका रत्नपार्क क्षेत्रमा बस तथा जीप पार्किङ गर्नेक्रम नरोकिएको भन्दै नगरपालिकाले जथाभाबी पार्किङमा कडाई गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनेको बसपार्कमा पार्किङ गर्नका लागि पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेको पाइएपछि नगरपालिकाले बुधबार ६ वटा बसको चाँबी खोसेको थियो । यातायात व्यवसायीलाई आचार्य गाउँ र सोल्मा बसपार्कमा बस तथा जीपलाई हाटडाँडामा पार्किङ गर्न भने पनि बेवास्ता गर्दै रत्नपार्क क्षेत्रमै सवारी साधन राख्ने गरिएकाले मेयर दिपनारायण रिजालले यातायात व्यवसायीलाई ‘एक्सन’मा जाने अन्तिम चेतावनी दिएका छन् ।
सडकमा पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुको आवतजावतमा असर पु¥र्याएको तथा बजार अव्यवस्थित देखिएको भन्दै नगरपालिकाले पटक–पटक हरेक सवारी साधनलाई बसपार्कमा लैजान आग्रह गर्दैआएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङले अस्थायी रुट पर्मिट लिएर मात्र सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । गाईघाट–बुईपा–दिक्तेल–टेम्मा–पञ्चमी–खोटाङबजार सडक, दिक्तेल–कटारी–लहान–धरान, दिक्तेल–कटारी–लहान–इटहरी–बिराटनगर, कटारी–दिक्तेल–मात्तिम–खिदिमा, दिक्तेल–कटारी–काँकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–इटहरी–काकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर र खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर सडकमा रुट पर्मिट लिएर मात्र सवारी साधन चलाउन व्यवसायीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology