समायोजन खबर फागुन /२८ खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पाठेघर खसेका १७ महिलाको शरीरमा रिङ प्रेसरी राखिएको छ । पाठेघर खसेका महिलाको स्वास्थ्य उपचारका लागि नगरपालिकाले सोमबार आयोजना गरेको घुम्ती स्वास्थ्य शिबिरमा आएका महिलाको शरीरमा रिङ प्रेसरी राखिएको हो । शिबिरमा ७ जनाले इम्प्लान्ट राखेका छन् । ७६ जनाको सामान्य उपचार गरिएको नगरका स्वास्थ्य संयोजक रामकुमार भगतले बताउनुभयो ।
पाठेघरको समस्याका कारण पीडा खेपीरहेका महिलाको स्वास्थ्य उपचारका लागि नगरपालिकाले शनिबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमबाट घुम्ती स्वास्थ्य शिबिर सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ हुँदै हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पुगेर फागुन ३० गते घुम्ती स्वास्थ्य शिबिर सम्पन्न हुने मेयर इवन राईले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology