समायोजन खबर फागुन २८ खोटाङ,
दुःख बिमार हुँदा अस्पताल जानका लागि सडक अनिवार्य आवाश्यकता रहेको भन्दै दोर्पाचिउरीडाँडाका स्थानीयले चन्दा उठाएर कृषि सडक निर्माण सुरु गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा अवस्थित वडाको बिकट गाउँ लामीडाँडासम्म सडकको पहुँच बिस्तार गर्दै कृषिजन्य सामग्री निर्यातका लागि स्थानीयले आफै सडक निर्माण सुरु गरेका हुन् । चन्दा संकलन गरेर जम्मा भएको ४ लाखको खर्चमा स्थानीयले साँढे ३ किलोमिटर लामो लामीडाँडा–स्यालदुलो–तालचौंर सडक निर्माण सुरु गरेका छन् । एस्काभेटर प्रयोग गरेर करिब १२ दिनमा पूरा हुने सडक वडाध्यक्ष लिला चौहानले शिलान्यास गरेका हुन् ।
सडक निर्माणका लागि नगरपालिका र वडाबाट बजेट प्राप्त नभएपछि चन्दा उठाएरै सडक निर्माण थालिएको स्थानीयले बताएका छन् । जम्मा भएको ४ लाख भन्दा बढि बजेट लागेमा आउँदो आर्थिक वर्ष वडा कार्यालयको बजेट श्रोत भर्ना गर्नेगरी सडक निर्माण सुरु गरिएको वडाध्यक्ष चौहानले बताए । ‘चार लाखचन्दा बढि खर्च भए वडाबाट श्रोत भर्ना गरिदिने शर्तमा स्थानीयले सडक बनाउन थालेका हुन्,’ वडाध्यक्ष चौहानले भने, ‘हाललाई ऋण काढेर भए पनि सडक पूरा गर्ने सम्झौता भएको छ ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology