• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल स्कटल्याण्डसँग ४ विकेटले हार्‍यो, पारसको मेहेनत खेर

नेपाल स्कटल्याण्डसँग ४ विकेटले हार्‍यो, पारसको मेहेनत खेर


समायोजन खबर
  • बिहिबार, फाल्गुन २४ २०७४

  • काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिेकटको दोस्रो खेलमा पनि नेपाल हारेकाे छ । पहिलो खेलमा आयोजक जिम्बावेसँग हारेको नेपाल आफ्नो दास्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले हारेको हो ।

    नेपाले दिएको एक सय ५० रनको चुनौती स्कटल्याण्डले ५१ बल बाँकी छँदै पार गर्‍याे । उसले ४१ ओबर ३ बल खेल्दा ६ विकेट गुमायो । स्कटल्याण्डको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले । अलराउण्ड प्रदर्शन गरेका बसन्त रेग्मी र लेग स्पिनर सन्दिप लामिछानेले समान २–२ विकेट लिए पनि हार जोगिएन । लगातार दुई हारसँगै नेपालको अघिल्लाे चरण पुग्ने याेजनामा धक्का लागेकाे छ ।

    नेपालले टस जितेर पहिले व्याटिङ रोज्यो । कप्तान पारस खड्काले बलियो प्रतिस्पर्धी स्कटल्याण्डको बलिङ सिकारबाट नेपालको पारी जोगाए ।  पारीको रक्षार्थ उनले ७५ बलमा ६३ रन बनाए । उले ४ चौका प्रहार गरे । पारी जोगाएका उनी पछि सोलेको बलिङ सिकार भए । तर, उनकै व्याटिङ मद्दतमा लगातार दुई खेल जितेर आएको स्कटल्याण्डलाई नेपालले एक सय ५० रनको चुनौती दियो ।

    खाता खोलेका सुरुवाती व्याट्सम्यान ज्ञानेन्द्र मल्ल र विकेट किपर दिलिप नाथलाई ४ रनमा गुमाएको नेपाली पारी सम्हाल्न आइपुगेका पारसलाई दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर र आरिफ शेखसम्मले साथ दिन सकेनन् । उनीहरुले बल मात्रै खर्चिए अंक जोड्न सकेनन् । पछि सोमपालले उनलाई साथ दिए ।

    ५४ वल खर्चिएका सोमपालले १८ रन जोडे । उनी पनि रनआउट भए । नभन्दै नेपालले सय रन बनाएको अवस्थामा पारस आउट भए । नेपालले जम्मा १४ रन बनाएको अवस्थामा ४ जना व्याट्सम्यान गुमाइसकेको थियो । जम्मा ४७ ओभर ४ बल खेलेको नेपालले स्कटल्याण्डलाई मध्यम चुनौती दिन बसन्त रेग्मीको अविजित २४ रनको योगदान गरे ।

    पहिलो खेलमा जिम्बाबेसँग १ सय १६ रनले पराजय भोगेको नेपालले स्कटल्याण्ड विरुद्धको खेलमा पनि जित हासिल गर्न सकेन ।नेपालले स्कटल्याण्डविरुद्ध यसअघि खेलेका तीनै खेल हारेको थियो । २०१४ मा भएको विश्वकप छनोट खेलमा सक्टल्याण्डले नेपाललाई ९० रनले हराएको थियो । सन् २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल ३ रनले हारेको थियो भने दोस्रो खेलमा ९ विकेटले पराजित भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology