चिसाङ शेर्पा फागुन/२४ खोटाङ,
खोटाङमा पाँच महिला सम्मानित भएका छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु सम्मानित भएका हुन् । सामाजिक क्षेत्रमा क्रियाशिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दुर्गाजयन्ती राई, सोही नगरपालिका–१ दिक्तेलका डिल्लीकुमारी आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका पुर्णमाया तामाङ सम्मानित भएका छन् ।
खेलक्षेत्रबाट जिल्ला तथा राष्ट्रलाई सहयोग पु¥र्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका राष्ट्रिय कराते खेलाडी बिधाकला राई र जिल्लाबाट पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत सोही नगरपालिका–१ दिक्तेलका पत्रकार शर्मिला बिश्वकर्मालाई जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिएको हो । विक पत्रकार महासंघ शाखा खोटाङका कोषाध्यक्ष हुन् ।
जिल्लाका सम्पुर्र्ण सरकारी, गैरसरकारी संघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्मानित महिलाहरुलाई १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, बिशेष अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीले सम्मानपत्र, ५ हजार ५ सय ५५ सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रम अघि दर्जनौ महिला तथा जिल्लाका राजनीतिक दल, बुद्धिजीवीले दिक्तेल हाँटडाडाबाट जिल्ला समन्वय समितिको समिक्षालय हलसम्म महिला हक अधिकारको जोडदार नारा लगाएका थिए । जहाँ छोरीको जित त्यहाँ समाजको हित, मानब अधिकार संरक्षणमा एकबद्ध हौ, कसैको पनि कसैले मानब अधिकार हनन नगरौ, लैंगिक हिंसा विरुद्ध एकजुट हौ, महिला हिंसा अन्त्य गरौ लगायतका प्लेकार्डका साथमा महिला अधिकारको नारा लगाईएको थियो ।



समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology