• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा यसबर्ष महिला हिंसा बिरुद्ध ११ उजुरी

खोटाङमा यसबर्ष महिला हिंसा बिरुद्ध ११ उजुरी


चिसाङ शेर्पा
  • बुधबार, फाल्गुन २३ २०७४

  • चिसाङ शेर्पा फागुन/२३ खोटाङ,
    जिल्लामा यो बर्ष महिला हिंसा बिरुद्ध ११ वटा उजुरी दर्ता भएको रिपोर्ट सार्वजनिक भएको छ । अन्तरपार्टी महिला सञ्जाल खोटाङले १०८ आंै अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अवसरमा ‘महिला हिंसा र हिंसा न्यूनिकरणमा हाम्रो भूमिका’ विषय अन्तरक्रिया कार्यक्रममा महिला बिरुद्ध विभिन्न हिंसा भएको जनाएकोे हो ।

     

    बुधबार जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय मानब अधिकार आयोग खोटाङका कार्यालय प्रमुख मोहनदेब जोशीका अनुसार जबरजस्ती करबणी ६, जबरजस्ती करणी उधोग २, वहुविवाह १, मानब अपहरण १, जबरजस्ती करणी १ गरी ११ वटा महिला हिंसा बिरुद्धका उजुरी दर्ता भएको रिपोर्ट बाहिर आएको हो । अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानब अधिकार आयोग खोटाङले निकालेको तथ्यांक अनुसार घरेलु हिंसा पारिवारीक विवाद आदिका ३१ वटा निबेदन दर्ता मध्ये ३ वटा सम्बन्धित निकायमा पठाई मिलापत्र भएको जनाईएको छ ।

     

    महिला तथा बालबालिका कार्यालयमा घरेलु हिंसा, मानचामल, बहुविवाह, कुटपिट जबरजस्ती करणी लगायतका ९७, सामुदायिक कानुनी सहायता समितिमा ९७ वटा महिला हिंसा बिरुद्धका घट्ना यस बर्ष दर्ता भएको मानब अधिकार कार्यालयको तथ्यांक रहेको र मानब अधिकार आयोगमा ११ वटा उजुरी उपर अनुसन्धान भईरहेको छ ।

     

    अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा जिल्लाका सरोकारवाला संघसंस्था, कानुन व्यवसायी, शिक्षक, बुद्धिजिवी, राजनीतिक दललले महिला हिसां हुने श्रोत तथा घट्नाहरुको निरकरणको उपाय खोजेको अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्ष दुर्गाजयन्ती राईले बताउनुभयो ।

     

    स्थानिय सरकार कायम भईसक्दा समेत महिला हिंसामा कमी नआएको र त्यसको निराकरणका लागि ऐन, कानुन, नियमावली बनाउन स्थानिय सरकार, प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको सञ्जालले जनाएको छ । सञ्जालको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, प्रदेशसभा सदस्य उषाकला राई लगायतको उपस्थिती रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology