• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनाधिकृत रुपमा गिट्टी, ढुंगा निकालिदै, नगरपालिका र प्रशासनसँग छैन सहकार्य (फोटोसहित)

अनाधिकृत रुपमा गिट्टी, ढुंगा निकालिदै, नगरपालिका र प्रशासनसँग छैन सहकार्य (फोटोसहित)

सामुदायिक बन र बन कार्यालयकै कुरो मिलेन


चिसाङ शेर्पा
  • बुधबार, फाल्गुन २३ २०७४

  • चिसाङ शेर्पा फागुन/२३ खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित बगरे भञ्ज्याङमा गोल्डेन गुड कम्पनीले अनाधिकृत रुपमा गिट्टी, ढुंगा निकासी गरीरहेकोे छ । ढुंगा गिट्टी निकाली रहेको सामुदायिक बनलाई समेत आधिकारीक जानकारी नगराई महिना दिनयता गिट्टी निकासा गरीरहेकोे हो ।

     

    दिक्तेल–चखेवाभञ्ज्याङ सडकमा कालोपत्रे गर्नका लागि गोल्डेन गुड कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालयको अनुमती नलिई ढुंगा, गिट्टी, रोडा निकाली रहेका हुन् । यद्यपी, जिल्ला बन कार्यालयसँग केही सहकार्य गरेर सामुदायिक बनलाई समेत आखाँमा छारो हाले जसरी ढुंगा, रोडा प्रयोग गरिरहेको खुलासा भएको छ ।

    डाडाँखर्क खिसापत्रे सामुदायिक वन नेर्पाका अध्यक्ष चन्द्रकुमारी गुरुङले बन बग्ने, पहिरो जाने, खेतीयोग्य जमिन पुरिने हुनाले पटक–पटक अनुरोध गर्दासमेत उक्त कम्पनीले माथीबाट नै मिलेर आएको र बनलाई पत्र आउने÷नआउने टुंगो नभएको गैर जिम्मेवार शब्द प्रयोग गरेको बताईन् ।

     

    स्थानिय राम गुरुङले आफ्नो जग्गा भनि उक्त कम्पनीलाई बेचेको तर, सामुदायिक वनको ऐलेनी जग्गा भएकाले हामीले सचेत गरायौ गुरुङले भने, ‘जिल्ला बन कार्यालयको सल्लाह बमोजिम थमौतीपत्र ठेकेदारलाई दियौ, महिनादिन रोकेपछि बनसँगैको सहकार्यमा ढुंगा, गिट्टी झिक्ने थाले ।’ जिल्लामा बन कार्यालयले नै रोकावट गरेको निकासी फेरी बनले नै खोले । उनले भने, “ठूलाहरु मिलेर आफै आफै गर्छन, बन कार्यालयमा केही गडबड हुनुपर्छ” उनको भनाई थियो ।


    सडकको काम गरिरहेको गोल्डेन गुड कम्पनीले अनाधिकृत तवरमा सोही स्थानको ५ हजार घनामिटर ढुंगा, गिट्टी कालोपत्रेका लागि प्रयोग गरेको कम्पनीका मेनेजर साङगे शेर्पाले बताए । उक्त कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग कुनै अनुमती नलिई नगरपालिकाभित्र रहेको जग्गामा बिना अनुमती गिट्टी झिकिरहेका हुन् ।

     

    गिट्टी निकाल्ने काम तत्काल रोक्न सामुदायिक बनले लिखितपत्र बुझाएको जिल्ला बन कार्यालय दिक्तेलका प्रमुख लोकराज नेपालले बताउनुभयो । राष्ट्रिय गौरबको योजना भनेका छन्, यस्ता समस्या ब्याप्त छ । हामीले मात्रै रोक्न संम्भव नभएको बताए ।


    नगरपालिकाले अनुगमन गरिसकेको र यक्किन ठोस निर्णय नआईसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उम–मेयर बिनादेबी राईले बताईन् । उनले भने, ‘हामीले अनुगमन गरेका हौ तर, ढुंगा गिट्टी झिक्न भने अनुमती दिएका छैनौ ।’

     

    गोल्डेन गुड कम्पनीका मेनेजर शेर्पाले जिल्लाका तीन कार्यालयसँग सहकार्यगरी खनिएकोे बनको जग्गाको लागि स्थानिय प्रशासनले अनुमती नदिएको खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो । ‘चिनजान, भेटघाटसम्म नभएको र सार्वजनिक महत्वका संरचानहरुमा आफुखुशी गर्नेलाई कारवाही गरिने प्रजिअ अधिकारीले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology