समायोजन खबर फागुन/२२ खोटाङ,
हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्गाजयन्ती राई चयन भएकी छन् । सोमबार साँझ सम्पन्न दोश्रो अधिबेसन तथा पाँचौं साधारणसभाले दुर्गाजयन्तीलाई पुःन अध्यक्षमा चयन गरेको हो ।
दिक्तेलको किरातचोकभन्दा माथि खोटाङबिकास मञ्च नजिक रहेको महिला एकता अध्ययन केन्द्रकै कार्यालयमा सम्पन्न अधिबेसनले उपाध्यक्षमा बिन्दा थापा, सचिवमा दिलकुमारी राई, सह–सचिवमा मञ्जु राई र कोषाध्यक्षमा डिल्लीकुमारी राईलाई चयन गरेको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेक अन्य पदमा पुरानै व्यक्ती दोहोरिएका छन् ।
अध्ययन गर्ने बानीको बिकासका लागि सबै दलका महिला नेतृहरु मिलेर २०६३ सालमा अध्ययन केन्द्र स्थापना गरेका हुन् । अधिबेसन जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीको प्रमुख आतिथ्यता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology