चिसाङ शेर्पा फागुन/२२ खोटाङ,
खोटाङको रावाबेंशी गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समिति खोटाङको पहलमा कैलाश राईको अध्यक्षतामा ९ सदस्यीय आदिबासी जनजाती महासंघ रावाबेंशी गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो ।
समन्वय परिषदको उपाध्यक्षमा श्याम बहादुर रानामगर, सचिवमा खुला भुजेल, कोषाध्यक्षमा भेष कुमारी श्रेष्ठ चयन भएका छन् । समितिको सह,सचिबमा गुरुङ समुदायबाट राखिने निर्णय सहित हाललाई उक्त पद खाली राखिएको महासंघले जनाएको छ ।
शेर्पा, माझी, तामाङ र गुरुङ समुदायको सदस्यहरु पछि पदपुर्ती गर्नेगरी हाललाई खाली राखिएको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राइले बताउनुभयो । गाउँपालिकाभित्रका विभिन्न जनजातीय संगठनका प्रतिनिधिलाई समेटेर आदिबासी जनजाती महासंघ रावाबेंशी गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो ।
नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष राई, सदस्य उदीम चाम्लिङ, रावाबेंशी गाउँपालिका उपप्रमुख समला राई, सोही गाउँपालिका–६ हौचुरका वडाध्यक्ष यज्ञ नारायण श्रेष्ठ, वडा नं. १ कुभिण्डेका वडाध्यक्ष लिला नारायण श्रेष्ठ, लगायतको उपस्थितिमा सोमबार आदिबासी जनजाती महासंघ केपीलासगढी गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । महासंघले केपीलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकामा समिति गठन गरिसकेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology