चिसाङ शेर्पा फागुन/२१ खोटाङ,
‘धर्तीमा जन्म लिई सकेपछि केही छाप छोडेर जानुपर्छ ।’ बाल्यकालबाट कलाकारितामा लागेका लोकदोहोरी गायक तथा संगीतकार हर्क गदालले भने, “लोकदोहोरी गीतले मात्र बजार लिएन अब लोकपप र जागरण गीत गाउने तयारीमा छु ।”
दिक्तेल बजारको एक होटलमा भेटिएका पातलो अग्लो उचाई, कालो बर्णका लोकदोहोरीका हस्ती गदालले ‘चकलेट लिएर’ गीत गाएको बिगत सुनाए । “सानैबाट राम्रो गाउँथे बिद्धालयका गुरुआमाले चकलेट दिनुहुन्थ्यो अनि म चाँही गाउथे, तर, अहिले संम्झदा त चकलेटसँग सिर्जना साट्ने मान्छे पो रहेछु ।” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका २९ बर्षिय गायक गदालले बाल्यकालका कुरा बेलिबिस्तार लगाए ।
२०६३ सालमा आफ्नो दाई रत्न नन्दको शब्द तथा गायिका देबी घर्ती मगरसँग ‘धोका पाको छु’ एल्बमको शीर्ष गीतका साथमा ‘यो मन रोइरहने’ लोकदोहोरी एल्बम बजारमा ल्याई नेपाली गीत, संगीत र बजारको स्वाद चाखेका गदालले आफू शिक्षामा भने अझै तलै रहेको सुनाए । २०४५ मंसिर २६ गते तत्कालिन खाल्ले गाविसमा बुबा सार्के कामी आमा फुलसरी गदालको जेठा छोराको रुपमा जन्मिएका उनको औपचारिक शिक्षा खाल्लेमा रहेको राष्ट्रिय प्रजातन्त्र आधारभुत बिद्धालय डाडाँखर्कबाट शुरु भई सितला माबि खाल्लेबाट २०६३ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका थिए ।
औपचारिक शिक्षा शुरु भएको बिद्धालयमा नै उनले चकलेटमा गीत गाउने गरेका थिए । गीत गाउथे, सबैले माया गर्थे । उनी भन्दै थिए, “यतिसम्म कि चकलेट दिएर मलाई गीत सुनाउन अनुरोध हुने गथ्र्यो । फुरुङग हुन्थे, गाउथे, त्यही पल पनि ठूलो खुशी लाग्थ्यो ।” ‘गाई त बाँध्यो ढुङग्रोमा मोही छैन’ भन्ने गीत गाएर त्यो बेला सबैको मन जितेको उनले बताए ।
दाईसँग औपचारिक संगीत सिकेका उनी आफ्नै डाडाँपाखामा रहेर नेपाली गीत सिर्जना गर्न माहिर गायक तथा संगीतकार हुन् । गदालले उच्च तहको शिक्षाभने अगाडी बढाउन सकेका छैनन् । सरस्वती उच्च मावि दिक्तेलबाट २०६६ सालमा प्रबिणता प्रमाणपत्र तह उतिर्ण नगरी थन्किएका उनी मुलतः गीत संगीतको नशाले पछि परेको स्वीकार्छन् । एसएलसी उतिर्ण लगत्तै कलाकारिताको खोजिमा रुमलिदै भौतारिएका उनले पुर्बोञ्चल लोकदोहोरी साँझ ईटहरीमा बर्षदिन केही परिश्रमिक लिदै गीत गाएका थिए ।

स्थानिय स्तरमा घटेका घट्नाहरुलाई गीतमा टपक्कै उतार्ने क्षमता भएका हर्कले पहिलो एल्बम बजारमा ल्याएको दश बर्षपछि नेपालीहरुले बिदेशमा भोगेको घट्ना, चरित्रलाई छर्लङग हुनेगरी गीतमा उतारे । काम गर्न बिदेश जाँदा सीप नसिकी गएका नेपालीहरुले पाएको दुखलाई टपक्कै टिपेर तयार पारेको रचनालाई सामी परियोजना र जनसेवा समाजको आर्थिक सहयोगमा बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले २०७३ सालमा देबी घर्ती मगरको साथमा ‘पसिनाले बसे रुझेर’ भन्ने बैदेशिक रोजगार सम्बन्धी दोहोरी गीत निकाले । विभिन्न स्थानबाट सम्मान तथा पुरस्कार थापेको बिगत सुनाए ।
कहिले बैदेशिक रोजगार, कहिले माया, पिरतीपछि गायक गदालले पछिल्लो समयमा गीतसंगीतको माध्यमबाट जिल्लाको पर्यटन प्रर्बद्धनमा थप प्रचारप्रसार पुग्ने सहायताले ‘माया प्रीती लाउनु पुर्बको हलेसी गुफा दर्शन गर्दै दिक्तेलबजार आउनु’ भन्ने गीत गाएर एकाएक चर्चा बटुले । गायिका पुर्णकला बिसीसँगको आवाजमा रहेको गीत अहिले सञ्चार माध्यममा औधि बज्ने तथा श्रोताले रुचाउने गीत बनेको छ । उनी भन्छन् ‘यहि गीतका कारण जिल्लामा आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको महशुष भएको छ ।’
नेपाली कलाकारितामा नै हाँसीखुशी भएर जिबन समर्पित गर्ने सोच लिएका गायक तथा संगीतकार गदाल मिजासिला र पश्चिमेली ठिटो झै लागे पनि पुर्बेली भाकालाई पहिलो प्राथमिकता दिने गर्छन् । गायक हो अफर आउछ पश्चिमेली भाका गाउन तर, त्यति गाएको छैन ।

नेपाली गीत संगीत, अझै मोफसलमा रहेका लागि नेपाली संगीत बजारमा छिर्नु भनेको घाटा नै घाटा भएको बताउदै । गीत संगीत नशा हो नशाबाट उम्कन नसक्ने बताए । मन्त्रमुग्ध बनाउने नशाकै कारण उनले ‘बाटा हिड्यो..’ लोकपप र ‘धेरै दुख पाईयो’ जागरण गीत आफ्नै शब्द, संगीत र स्वरमा बजारमा ल्याउने तयारीमा रहेको बताए ।
पछिल्लो अवस्थामा नेपाली गीत संगीतमा कमै ब्यक्तिहरु सन्तुष्ट भईरहंदा आफ्नो रचनाहरु दर्शक तथा श्रोतासम्म पस्कन आएजस्तो मात्रै भएको उहाँ बताउनु हुन्छ । संगीत नगरीमा जुध्न धेरै संघर्ष गर्नुपर्ने, आर्थिक भार पर्ने र आफ्नो सिर्जनाबाट खाशै कमाई नहुंदा सिर्जनाको खानी आफै विलिन हुने कि भन्ने डर रहेको गायक गदाल तीतो यथार्थ बताउँछन् । सबैको साथ सहयोग भए आफ्नो रचनालाई अझ फराकिलो बनाउने योजना रहेको उनी स्वीकार्छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology