समायोजन खबर फागुन/२१ खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि गाउँपालिकाको पहलमा स्वास्थ्यचौकी याम्खामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि सोमबार याम्खामा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बर्थिङ सेन्टर उदघाटन गरेका हुन् ।
गर्भवती महिलालाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो । गाउँमै बर्थिङ सेन्टर स्थापनाका लागि स्थानीय नव एकीकृत महिला संगठनले कोठा तथा सोलार, वनहर्टले उपकरण, गाउँपालिकाले बेड लगायतका आवश्यक पुर्वाधारको तयारी पछि बर्थिङ सेन्टर सुरु गरिएको हो ।
यससँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई वटा बर्थिङ सेन्टर भएको छ । केही समयपछि छितापोखरीमा अर्को बर्थिङ सेन्टर स्थापनाको तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताडअहमत अन्सारीले बताए । आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology