• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिम्बावेसँग नेपाल पराजित

जिम्बावेसँग नेपाल पराजित


समायोजन खबर
  • सोमबार, फाल्गुन २१ २०७४

  • २१ फागुन,काठमाडौँ — टेस्ट खेल्ने राष्ट्रसँगको पहिलो एकदिवसीय भेट नेपालले राम्रो सबक पाएको छ । नेपाल विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । लिस्ट ‘ए’ मान्यता खेलमा नेपालको यो सबैभन्दा ठूलो हार हो ।

    जिम्बावेबाट ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक बनाए । ३१ औं ओभरमा आएका राजाले ६६ बलमा १ सय २३ रन बनाए । सिफास झआवो र सोलोमान मिरेले ७ ओभरमा ७७ रन जोडदै जिम्बावेलाई आक्रामक सुरुआत दिलाए । जिम्बावेका उत्कृष्ट सुरुआतमा नेपालका कप्तान पारस खड्काले पहिलो ५ ओभरमा ४ बलर प्रयोग गरिसकेका थिए ।
    आठौं ओभरमा पाँचौं बलरका रूपमा आएका सन्दीप लामिछानेले पहिलो बलमै झुआवोलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाए । झुआवेले ३८ बल खेली ३ चौका र ४ छक्का प्रहार गरी ४१ रन बनाए । ह्यामिल्टन मास्काड्जालाई वसन्त रेग्मीले १७ रनमा कट एन्ड बोल्ड गरे । मिरेले ४१ बल खेली ५ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाई वसन्तको दोस्रो सिकार भए ।
    नेपालबाट ‘डेब्यु’ गरिरहेका ललितनारायण राजवंशीले क्रेग इर्भिनलाई ३४ रनमा आउट गरे । त्यसपछि बाउन्ड्रीमा भन्दा स्कोर अगाडि बढाउन ध्यान दिएका टेलर र राजाले जमेपछि नेपाली बलिङमाथि हावी भए । राजाले १ सय रन बनाए । ९१ बल खेलेका उनले ७ चौका प्रहार गरे । राजाले ७ चौका र ९ छक्का प्रहार गरेका थिए ।
    ४९ औं ओभरमा सोमपाल कामीले लगातार बलमा दुवैलाई आउट गरे । तर सोमपालले ८ ओभरमा ८२ रन खर्चेर नेपालका सबैभन्दा महँगो बलर बने । सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ को अमेरिकासँग शक्ति गौचनले यसअघि ९ ओभरमा ८१ रन खर्चेका थिए । त्यही खेलमा अमेरिकाले ३६६–६ को स्कोर बनाएको थियो । जुन यसअघि नेपालले खर्चेको सबैभन्दा बढी रन थियो ।
    बुलाबायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आइतबार अन्य बलरको हालत पनि त्यस्तै थियो । सोमपालसँग नयाँ बलर लिएर आएका पारसले आफ्नो पहिलो ओभरमा १६ रन खर्चेका थिए । उनले कुल ५ ओभरमा ५७ रन खर्चे । १०–१० ओभर बलिङ गरेका वसन्त, सन्दीप र ललितले क्रमश: ६९, ६७ र ६२ रन खर्चे ।
    शरद भेषावकर र आरिफ शेखले अर्धशतक बनाएपछि नेपालले राम्रो स्कोर मात्र बनाएन ब्याटिङमा प्रतियोगितामा बाँकी खेलका लागि ठूलो आशा पनि देखाएको छ । शरद ५२ र आरिफ ५० रनमा आउट भए । दुवैले १३ ओभरभित्र ७३ रन जोडेका थिए । ४८ बल खेलेका शरदले ६ चौका र १ छक्का प्रहार गरे । राष्ट्रिय टोलीका लागि पहिलो अर्धशतक बनाएका आरिफले ५९ बल खेली ५ चौका प्रहार गरे ।
    नेपालको सुरुआत फेरि राम्रो हुन सकेन । ओपनर दिलीप नाथ २ रनमै आउट भए । पारसले तीव्र हिसाबमा खेल्दै ३७ बलमा ८ चौका प्रहार गरी ४० रन बनाए । ज्ञानेन्द्र मल्ल ५९ बलमा ३२ र दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २३ रन बनाए । दुवैले समान ३ चौका प्रहार गरे । यी आउट भएपछि शरद र आरिफ जमेका थिए । शरद आउट भएपछि रोहित पौडेलले आरिफलाई राम्रो साथ दिए । यी दुईले छैटौं विकेटमा ५९ रन जोडे । ३२ बल खेलेका रोहितले २ चौकासहित ३० रन बनाए । सोमपाल १२ र सन्दीप ६ रनमा नटआउट रहे ।
    नेपालले बिहीबार स्कटल्यान्डसँग खेल्नेछ । स्कटल्यान्डले आइतबार समूह ‘बी’ को खेलमा अफगानिस्तानलाई ७ विकेटले स्तब्ध बनायो । समूह ‘ए’ मा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ९३ रनले र यूएईले पपुवा न्युगिनीलाई ५६ रनले पराजित गरे । वर्षाले खेलबीचमा बिथोलिएका कारण दुवै खेल डकवर्थ लुइस पद्धतिका आधारमा नतिजा निस्केको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology