समायोजन खबर फागुन/२० खोटाङ,
खोटाङमा एकै साथ किरात राई बिद्यार्थी संघ र किरात राई साँस्कृतिक कलाकार संघको जिल्ला सम्मेलन सम्पन्न गर्ने तयारी गरिएको छ ।
राई बिद्यार्थीको सातौं र साँस्कृतिक कलाकार संघको तेश्रो जिल्ला सम्मेलनलाई भब्यता दिलाउनका लागि संयुक्त रुपमा आगामी चैत्र २४ गते सम्पन्न गर्ने तयारी गरिएको हो । किरात राई योयाक्खाको भातृ संस्थाका रुपमा स्थापित दुई क्रियाशील संस्थाको दिक्तेलबजारमा शनिबार बसेको संयुक्त भेलाले आ–आफ्नो सम्मेलन आयोजक समिति समेत गठन गरिसकेको छ ।
दिक्तेलबजारको समीक्षालय हलमा उद्घाटन र घोषणासभा एकै साथ सम्पन्न गर्ने निर्णय गरेको दुई संस्थाको सम्मेलनका लागि बिद्यार्थीतर्फका जिल्ला अध्यक्ष शुसिला राई र कलाकारतर्फका उपाध्यक्ष प्रेमिला राइको संयोजकत्वमा क्रमश ः २१ र १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरिएको बताईएको छ । बिबिध कार्यक्रमका साथ उद्घाटन गरिने सम्मेलनको लागि बिशिष्ट ब्यक्तिहरुलाई उपस्थित गराउने तयारी भए पनि यक्किन नगरेको दुवै संस्थाका सम्मेलन आयोजक समितिले बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology